28 November 2015

साठ्ठी बर्षे जेठाजुले गरे आफ्नै बुहारीको बलात्कार

लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला ताप्लेजुुङमा एक महिला बलात्कृत भएकी छन् । आफ्नै जेठाजु र आमाजु दाजुले बलात्कार गरेको भन्दै ती महिलाले प्रहरीमा उजुरी गरेकी छन् ।
जिल्लाको खोक्लिङ गाविसमा जेठाजु र आमाजु दाजुको सामुहिक बलात्कारको सिकार बनेकी ३० बर्षीया एक महिलाले उजुरी दिएकोताप्लेजुङका प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले
जानकारी दिए ।
चार दिनको अन्तरमा ६० बर्षे जेठाजु मानबहादुर बस्नेत र पीडितकै आमाजु दाजु ४५ बर्षे जर्नादन थापाले घाँस काट्न जंगल गएको मौका छोपेर उनलाई जबर्जस्ती बलात्कार गरेका हुन् ।
उनका श्रीमान रोजगारका सिलसिलामा केही वर्षदेखि खाडी मुलुकमा थिए । घटनापछि श्रीमान घर फर्किएका छन् । दुबै अभियुक्त फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
- See more at: http://www.imagekhabar.com/samachar/detail/55186/53/.shtml#sthash.hI2rqiAJ.dpuf

No comments :

Post a Comment