27 November 2015

पेट्रोल चाहियो ? ब्युटीपार्लर जानुहोस

२७ नोभेम्बर २०१५, पाचथर- वुधवार पाँचथर सदरमुकाम फिदिममा ग्यास आएपछि सटहीका लागि लाम लागेका उपभोक्ता प्रशासनले पत्र लेखेर ३३ थान सिलिण्डर लगेपछि रित्तो हात फर्कनु परेको गुनासो गरे ।


फिदिम–भारतले गरेको अघोषित नाकावन्दीका कारण उपभोक्ताले पेट्रोलियम पदार्थको अभाव खेपिरहेका वेला पाँचथर सदरमुकाम फिदिममा भने व्युटी पार्लरदेखि चिया पसलसम्म पेट्रोलियम पदार्थको विक्री भइरहेको पाइएको छ सहायक प्रमूख जिल्ला अधिकारी संयोजक रहेको वजार अनुगमन समितीले विहिवार
सदरमुकामका विभिन्न १० वटा पसलमा अनुगमन गर्दा यस्तो भेटिएको हो । सहायक प्रजिअ केशवप्रसाद रिजालका अनुसार समितिले ११ वटा किराना पसल, ४ वटा होटल, ३ वटा व्युटी पार्लरसँगै केहि कम्युनिकेशनहरुमा अनुगमन गरेको थियो ।

अनुगमन गरिएमध्ये ६ वटा पसलहरुमा पेट्रोल र डिजेल विक्री भइरहेको भेटिएको रिजालले जानकारी दिए । अनुगमनका क्रममा खानेतेलदेखि चाउचाउसम्मको मुल्य व्यवसायीहरुले आफू खुशी वृद्धी गरेको समेत पाइएको छ ।“प्रतिपोका ३० रुपैयाँसम्म, तथा १५ रुपैया पर्ने चाउचाउको मूल्य ३० रुपैया सम्म लिने गरेको पाइयो–रिजालले भने । यसरी नाकावन्दी र तराई आन्दोलनको फाइदा उठाँउदै नियम विपरित गर्ने व्यपारीलाई त्यसो नगर्न सचेत गराइएको रिजालले वताए । हाल वजारमा पेट्रोल २ सय ५० देखि ३ सय रुपैया सम्म डिजेल १ सय ७० देखि २ सय रुपैया सम्ममा, ग्यास प्रतिसिलिण्डर ६ हजार देखि ९ हजार सम्ममा विक्री भइरहेको छ, वताइएको छ । तर उद्योग वाणिज्य संघ पाँचथर भने मनपरी मूल्य लिएर ब्यापारीले विक्री गर्दा पनि कालोवजारी नभएको दावी गर्दछ ।

संघका महासंचिव तुलसीदास श्रेष्ठले वजारमा सवै सामानको अभाव भइरहेका वेला व्यापारीले केहि पैसा वढि लिएर विक्री गर्नु स्वभाविक रहेको वताउँछन् । ठाडो पत्रमा ३३ सिलिण्डर ग्यास यसैविच प्रमूख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेले फिदिम स्थित ग्यास डिपोलाई ठाडो पत्र लेखेर ३३ सिलिण्डर ग्यास मागेको खुलासा भएको छ । एकसाता अघि तिम्लसेना स्टोर्स र रमेश भगवत प्रधानाङको विक्री डिपोमा प्रिमा ग्यास आए लगत्तै उनले पत्र लेखेर ग्यास मागेका हुन । उनले मागेका ग्यास सिलिण्डर प्रशासन कार्यालयकै गाडीले ओसारेको थियो । यद्वपी घिमिरेले भने जिल्लाका सरकारी कार्यालयहरुलाई उपलव्ध गराउन ग्यास मागेको दावी गरे । प्रजिअले ग्यास पत्र लेखेर मागेपनि ६ महिना अघि देखि पालो पर्खेर बसेका उपभोक्ताले रित्तै हात फर्कनु परेको गुनासो गरे ।

यस्तो हाहाकारको बेला सहज वातावरण बाट ग्यास वितरण गर्न सहयोग गर्नुको साटो प्रशासनले उल्टो गाँस नै खोसको आरोप उपभोक्ताले लगाएका छन । स्थानीय सविता राउतले भनिन –“ग्यास अभावमा महिनौंदेखि चिउरा खाएर वसेका उपभोक्तालाई एउटा मात्रै सिलिण्डर दिँदा हुनेमा प्रशासनले उल्टै हडप्यो ।” यस्तै डिजेलको सिफारिस गर्दा पनि जिल्ला प्रशासन कार्यालयले मनपरी सिफारिस गर्ने गरेको सवारी चालकहरुले वताएका छन् ।
-

No comments :

Post a Comment