20 November 2015

जर्मनीमा भारतीय नाकाबन्दी बिरुद्द नेपालीहरुको प्रदर्शन, एडेलेडमा पनि आज

germany-4
२० नोभेम्बर २०१५, एडेलेड- नेपालले केही समयअघि जारी गरेको संविधानमा भारतका केही स्वार्थहरु समावेस नभएकाले नेपालसँगका नाकाहरुमा अघोषित नाकाबन्दी लगाएको छ, जसका कारण नेपालीहरु इन्धनको चरम अभाव झेल्दै आईरहेका छन । पछिल्ला दिनमा अौषधीको पनि अभावले बिरामीहरु अस्पतालमा छटपटाउदै मर्नुपर्ने अवस्थाको सिर्जना भएको छ । यसरी नेपालमाथि भारतले लगाएको आर्थिक नाकाबन्दिका बिरुद्द जर्मनीका नेपाली जुर्मुराउँदै भारतीय राजदूतवासमा गएर तिब्र नाराबाजी र बिरोध गरेका हुन् । संयुक्त राष्ट्र संघ र अन्य मुलुकले त भारतको अत्याचारको उदांगो रुप बुझ्दै थिए ।  अब बिदेशमा रहेका नेपालीहरुलेपनि अब भारतको टाउको दुखाउँदै छन् । 

आज जर्मनीको पुरानो शहर बर्लिनस्थित भारतीय राजदूतावासमा जम्मा भएर नेपालमाथिको नाकाबन्दि बिरुद्द बिरोध गरेर फेरि भारतीय अत्याचारी शासकहरुको टाउको खाए ।
germany-5
नेपाली झण्डा हात हातमा बोकेका, भारत बिरुद्द अनेक नारा लेखिएका प्लेकार्ड बोकेका, नेपाली पोशाकमापनि सजिएका नेपाली दूतावास अगाडि पुगेर नाराबाजी गर्न थालेपछि दुतावासका कर्मचारीहरु चकित परेको नेपालीहरुले बताए ।
germany-7
उनीहरुले भारतीय दूतावासमा गएर नेपालमाथि लगाएको नाकाबन्दि तत्कालै हटाउन मागपनि गरे । त्यसो नगरे अझ कडा रुपमा प्रस्तुत हुनेपनि बताए । नेपालीहरुले नेपालको आन्तरिक राजनीतिक हस्तछेप बन्द गर, औषधी र इन्धन पनि रोकेकाले यो मानव अधिअकरको ठाडो उल्लंघन हो, नेपालको पारवहन अधिकार सुनिश्चित गर जस्ता नारा लगाएर भारतीय शासकहरुलाई चुनौति दिए ।
germany-8germany-10
बर्लिन शहरका नेपाली त भेला भए नै । यसमा भेला भएर भारतीय सरकारको दादागिरीलाई चुनौति दिन जर्मनीका अन्य शहरबाटपनि नेपालीहरुले आएका थिए । बिरोध सभा सकिएपछि नेपालीहरुले भारतीय दुताबासमा नाकाबन्दिको बिरोधमा ज्ञापनपत्र समेत बुझाए ।

यसैगरी अष्ट्रेलियाको एडेलेडमा पनि अाज सांझ स्थानीय समयअनुसार साझको ५ बजेदेखी Hindmars Square मा बिरोध प्रदर्शनको कार्यक्रम हुदैछ । कार्यक्रममा उल्लेख्य नेपालीहरुको सहभागिता रहने बिश्वास गरिएको छ ।


No comments :

Post a Comment