20 November 2015

उपत्यकामुनीको प्राकृतिक ग्यासमा उध्योगमन्त्रीको चासो (भिडियो सहित)


२० नोभेम्बर २०१५, काठमाडाैं-प्राकृतिक ग्यास उत्खनन् कार्यलाई अघि बढाउन र व्यवसायिक प्रयोगमा ल्याउन उद्योग मन्त्री सोमप्रसाद पाण्डेयले सक्रियता बढाएका छन्।


मन्त्री पाण्डेले प्राबिधिक टोलीसहित पहिलो चरणमा काठमाडौंका विभिन्न स्थानमा फेला परेका प्राकृतिक ग्यास भण्डारहरुको अध्ययन,अवलोकन र सम्भाव्यताबारे जानकारी लिएका छन्। बिहीबार ललितपुरको इमाडोल र भक्तपुरको पचली टेकुमा जमिनबाट निस्किएको ग्यासको स्थलगत अवलोकन गरेका पाण्डेले सरकार देशभित्रै प्राप्त वैकल्पिक उर्जाको अधिकतम प्रयोगको नीतिसहित अघि बढ्ने बताए। खानी तथा भूगर्भ विभागका महानिर्देशक सर्बजित महतो र इन्जिनियरहरूको टोलीसहित मन्त्री पाण्डे ग्यास प्लान्ट तथा अन्य पूर्वाधारबारे बुझ्न स्थलगत अवलोकनमा निस्केका हुन्।

जमीनमुनिको प्राकृतिक (मिथेन) ग्यासकाे व्यावसायिक प्रयोगमा ध्यान नपुगेको गुनासो अाएका बेला मन्त्री पाण्डेले चासो बढाएका हुन्। काठमाडौं उपत्यकामुनिको ग्यास खानीबाट करिब २० लाख बढीको बसोबास रहेको उपत्यकामा ग्यासको संकट टर्ने संभावना रहेको मन्त्री पाण्डेले बताए।

‘हामीसँग भएका प्राकृतिक श्रोतहरूको प्रयोग हुन सकेको छैन,’ मन्त्री पाण्डेले भने ‘यस्ता संभावनाहरूलाइ अघि बढाएर व्यवसायिक प्रयोगमा ल्याउन सके अहिले हामीले भोगेको इन्धन अभावबाट मुक्ति मिल्ने छ।’ उनले प्राकृतिक श्रोतले सम्पन्न भएर पनि त्यसको प्रयोगमा नेपाल विपन्न बनेको भन्दै हरेक क्षेत्रमा स्वदेशी उत्पादन बढाउनु पर्ने बताए।

मन्त्री पाण्डेले गोबर ग्यास प्लान्ट जस्तै जमिनबाट पाइपलाइनमार्फत घर भित्र चुल्होमा प्राकृतिक ग्यास पुग्न सक्ने संभावना रहेको भन्दै यसमा सबैको उत्तिकै चासो र सक्रियता बढाउन सके इन्धन अभावले पिरोलिनु नपर्ने उनले बताए। आजको नागरिकमा छ।

स्मरणिय के छ भने हामिले यसबारेमा केही समयअधि भिडियोमार्फत सरकारलाई पहलका निमित्त खवरदारी गरेका थियौ । भिडियो हेर्न सक्नुहुनेछ । 

No comments :

Post a Comment