07 October 2015

भारत गएका नेपालीलाई काटेर फाले मधेशी मोर्चाका अातंककारीले


भैरहवा : भैरहवास्थित बेलहिया नाकाबाट किनमेलका लागि भारत गएका एक युवालाई मधेसी मोर्चाका युवाले काटेर फालिदिएका छन् । किनमेलका लागि बुधबार दिउँसो भारत गएका मंगोल अनुहार भएका ती युवालाई कुटपिट गरेपछि धारिलो हतियारले शरीरका विभिन्न भागमा काटेर दशगजास्थित नेपाली भूमिमा फालिदिएका हुन् । मोर्चा कार्यकर्ताले धारिलो हतियार प्रहार गरेर ती युवाको दाहिने हातका चारवटा औंला काटिदिएका छन् । 
कुटपिट र धारिलो हतिायरले काटिएका ती युवाको अवस्था चिन्ताजनक रहेको छ । उनको खुट्टा, हात, कुम र शरीरका दर्जनाैं स्थामा धारिलो हतियारको गहिरो चोट छ ।
उनलार्इ दशगजाबाट प्रहरीले उद्धार गरेर स्थानीय मेडिकलमा उपचार गराइरहेको छ । नेपाली भन्ने पहिचान भएपनि बेहोस अवस्थामा रहेका उनको नाम  र ठेगाना खुल्न सकेको छैन ।
भारतीय भूमिमा प्रदर्शन गर्ने क्रममा मोर्चा कार्यकर्ताहरुले अहिले नेपाली सुरक्षाकर्मीमाथि ढुंगा बर्साइरहेका छन् ।
मोर्चाका कार्यकर्ताले हानेको ढुंगाले लागेर डिएसपी महेन्द्र खड्कासहित पाँचजना सुरक्षाकर्मी पनि घाइते भएका छन् ।
नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा भारतीय भूमि तथा भारततर्फको दशगजामा रहेका मोर्चाका कार्यकर्ताले उग्र प्रदर्शन गरेका हुन् ।
भारतीय सुरक्षाकर्मीको आड र संरक्षणमा हिंश्रम प्रदर्शनमा उत्रेका मोर्चाका कार्यकर्ताले गुलेलीबाट समेत गुच्छा हानिरहेका छन् ।
मोर्चाका कार्यकर्ताको प्रदर्शनपछि बेलहिया नाका ठप्प रहेको छ । यो नाकाबाट बुधबार बिहानैदेखि कुनै पनि मालवाहक साधन भित्रेका छैनन् ।
मंगलबार राति नै भारतीय सरकारको गेस्ट हाउसमा पाहुना बनेका राजेन्द्र महतोको सुरक्षाका लागि त्यहाँ दोब्बर बढी भारतीय सुरक्षाकर्मी खटाइएको छ । 

No comments :

Post a Comment