10 October 2015

राप्रपा नेपालले पनि अनतत: अोलीलाई समर्थन गर्ने



आश्विन २३, २०७२- राप्रपा नेपालले प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी ओलीलाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टीका भर्खरै राजधानीमा सम्पन्न पदाधिकारी बैठकले यस्तो निर्णय गरेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।राप्रपाको संसदमा २५ सिट छ । राप्रपाबाहेक अन्य केही साना दलले पनि ओलीलाई समर्थन गर्ने आश्वासन दिएका छन् ।

संसद सचिवालयले जारी गरेको कार्यतालिका अनुसार आज १० देखि ४ बजेसम्म प्रधानमन्त्री उमेदवारी दर्ता गर्ने कार्यक्रम छ । एमाओवादीले पनि प्रधानमन्त्री निर्वाचनमा ओलीलाई नै समर्थन गर्ने निर्णय  गरिसकेको छ । यसैगरी, कांग्रेसको आज बसेको पदाधिकारी बैठकले पनि प्रधानमन्त्री सुशील कोइरालालाई नै निरन्तरता दिने निर्णय गरेको छ ।


No comments :

Post a Comment