07 September 2015

शरणार्थीलाई आफ्नै घरमा शरण दिने प्रधानमन्त्री

Juha-Sipilaफिनल्याण्डका प्रधानमन्त्री यूहा सीपिलाले आप्रवासीहरुलाई आफ्नो घरमा बस्न निम्तो दिएका छन् ।
उनले आफ्नो परिवारसँग मध्य फिनल्याण्डमा एक घर रहेको भन्दै त्यो आगामी वर्षको सुरुवातदेखि प्रवासीहरुलाई उपलब्ध गराउन सक्ने बताएका छन् । उनले फिनल्याण्डका नागरिकहरुलाई प्रवासीहरुसँग एकजुट हुन अपील गरेका छन् ।

गत महिना फिनल्याण्डको आन्तरिक मन्त्रालयले १५ हजार मानिसले शरणका लागि आवेदन दिने अनुमान सार्वजनिक गरेको थियो ।
फिनल्याण्डका प्रधानमन्त्री सीपिलाले गि्रस, इटली र हंगेरी पुगेका १ लाख २० हजार प्रवासीहरुलाई युरोपेली संघमा आवद्ध देशहरुलाई बाड्ने योजना स्वच्छिक हुनु पर्ने बताए । यसमा फिनल्याण्डले राम्रो उदाहरण देखाउने उनले बताएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
मध्यपूर्व र अफ्रिकाबाट दैनिक सयौं मानिसहरु शरणार्थीका रुपमा युरोप प्रवेश गर्ने प्रयासमा छन् । अन्तराष्ट्रिय प्रवासी संगठनका अनुसार २०१५ को जनवरी अगष्टको बीचमा ३ लाख ५० हजार प्रवासीको पहिचान भएको छ ।

No comments :

Post a Comment