06 September 2015

अाईफोनको लोभमा अमेरीकि युवतीको हत्या, नेपालीहरुप्रतीकै अमेरीकि दृष्टीमा आंच

https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEify3B1-wYkuqvuJMH6UAFmuC-BzVKg19XSPij_1uo_r1nN2LBjmJoZDJIRIcSsHXCPTa0SYafZ79yHILA0DGqQqQ-ot2FL5z0ZVs461c-QnDoMgU9TscdpRBDc2CpJNuYLnKBBQe7LS44/s640/भूकम्पपीडतलाई सहयोग गर्न भन्दै नेपाल आएर झन्डै महिनादिनदेखि बेपत्ता एक अमेरिकी युवतीको हत्या भएको खुलेको छ ।
धिताल ३ घर भइ स्थानीय एक प्राथमिक विद्यालयका शिक्षक नारायण पौडेलले २६ वर्षीया पासर्पोट नम्बर ४५१३८३८४७ की डालिया यहीयाको हत्या गरेको प्रहरीको दाबी छ । गत साउन १९ मा पोखरा आएकी यहीया ३ दिनसम्म पौडेलको पोखरा सिम्पनीस्थित कोठामा बसेकी थिईन । कान्तिपुर दैनिकमा समाचार छ ।
चौथो दिनदेखि उनी सम्पर्कविहिन थिईन । पौडेलले यहीयासँग रहेको पैसा र आइफोनको लोभले हत्या गरेको प्रहरीले अनुमान गरेको छ । अनुसन्धानका क्रममा विहीबार पक्राउ परेका पौडेलले जिल्ला प्रहरी कार्यालयबाट हामफाल्ने प्रयास समेत गरेका थिए ।

No comments :

Post a Comment