21 May 2015

चिनुक प्रकरणले नेपाल-बेलायत सम्बन्धमा असर नपर्ने

७ जेठ २०७२, काठमाण्डौ- बेलायतकी अन्तर्राष्ट्रिय विकास मन्त्री जस्टिन ग्रिनिङले चिनुक हेलिकप्टर प्रवेश रोक प्रकरणबाट द्विपक्षीय सम्बन्धमा कुनै असर नपर्ने बताएकी छन्। उनी भूकम्पको क्षति र उद्धार–राहत सहयोग विषयमा बुझ्न अहिले नेपाल भ्रमणरत छिन्।
महाभूकम्पलगत्तै उद्धार राहत निम्ति आउन खोजेको चिनुक हेलिकप्टर नेपाल सरकारबाट प्रवेश अनुमति नपाएका कारण भारतबाट फर्केको हो। अनुमति कुर्ने क्रममा हेलिकप्टर भारतको चण्डीगढमा १० दिन बसको थियो। काठमाडौंमा तीव्र कूटनीतिक पहल भएर पनि अनुमति नपाएपछि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले समेत त्यस विषयमा नेपाली समकक्षी सुशील कोइरालालाई फोन गरेका थिए।
चिनुक फर्केको घटनाले ऐतिहासिक द्विपक्षीय सम्बन्धमा खलल पुग्ने टिप्पणी कूटनीतिक वृत्तमा हुँदै आएको छ। तर मन्त्री ग्रिनिङले त्यसको खण्डन गरेकी छन्। ‘चिनुक हेलिकप्टर फर्कनुले सम्बन्धमा कुनै त्यस्तो तात्त्विक असर पर्दैन,’ उनले
बुधबार कान्तिपुरसँग भनिन्।
अनुमति कुर्ने क्रममा हेलिकप्टर भारतको चण्डीगढमा १० दिन बसको थियो। काठमाडौंमा तीव्र कूटनीतिक पहल भएर पनि अनुमति नपाएपछि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले समेत त्यस विषयमा नेपाली समकक्षी सुशील कोइरालालाई फोन गरेका थिए।
ग्रिनिङले बेलायती सहयोग नियोग डीएफआईडीमार्फत प्रभावित जनतासम्म सहयोग पुर्‍याउन हेलिकप्टर ल्याउन खोजिएको तर यहाँको भौगोलिक तथा प्राविधिक समस्या कारण फर्काउनुपरेको स्पष्टोक्ति दिइन्।
‘चिनुक फर्केपछि राष्ट्रसंघ वा अन्य संस्थाद्वारा प्रयुक्त हेलिकप्टरबाट भए पनि सहयोग प्रभावितहरू समक्ष पुर्‍याएका छौं,’ उनले भनिन्।
ग्रिनिङले बेलायती सहयोग सरकार र राष्ट्रसंघीय माध्यमबाट आउने बताइन्। नेपाल सरकारले अन्तर्राष्ट्रिय सहयोग सरकारी माध्यमबाट मात्र खर्च हुनुपर्ने अडान राखिरहेको छ।
‘पुन:स्थापना र पुनर्निर्माणमा हाम्रो सहयोग निरन्तर रहनेछ। नेपाल सरकारले क्षति मूल्यांकन गरी पुनर्निर्माण योजना तय गर्ने बताएको छ। त्यो पाएपछि थप सहयोग घोषणा गर्नेछौं,’ उनले भनिन्।

No comments :

Post a Comment