05 February 2015

केपी ओलीज्यू, तपाईं राष्ट्रपिता बन्नुहोस् !

कमरेड ओलीज्यू, जबसम्म तपाईंको एक मुठी सास रहन्छ, तबसम्म तपाईंले हिमालदेखि तराई–मधेशसम्मको प्रदेश (राज्य) को सिमाँकन गरेर देशलाई जातिय राज्य र एक मधेश एक प्रदेश भन्ने बिखन्डनकारीहरूबाट बचाउनुहोस । तपाईंलाई राष्ट्रपिता पृथ्बीनारायण शाहपछिको दोस्रो राष्ट्रपिता भनेर सारा नेपाली र बिश्वले चिन्नेछ र भन्ने छन् । इतिहासमा सुनौला
अक्षरले तपाईंको नाम लेखिनेछ र हाम्रा भावी पुस्ताले इतिहासमा तपाईंको नाम पढ्न पाउनेछन् ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई खुल्लापत्र
कमरेड केपी ओलीज्यू,
हजुरलाई म प्रवासी जनजाति मगरको पत्र ।
गर्बका साथ सबैले भन्न पाउन मेरो राज्यमा ‘हिमाल छ, पहाड छ र तराई–मधेश’ छ ।
‘बाँदरले रूख हल्लाउँदैमा रूखको बुटो जरैबाट भाँचिने होइन ।’ समय सान्दर्भिक शब्द बाँण ।
समयानुसार देशलाई दरिलो खम्बा जस्तो मन र बिचार भएको ब्यक्ति चाहिन्छ तदानुसार तपाईँको आगमन, तपाईको बिचार र तपाईँको प्रतिज्ञालाई सारा नेपाली मनले सदैब सम्मान र कदर गर्नेछ ।
तपाईंको हिजोको त्यो काललाई बिर्सिएर अहिलेको यो हाललाई देख्न पाउँदा खुसी लाग्दछ । तपार्इंले राष्ट्रियताको सवालमा जसरी आफूलाइ टस न मस गरेर आफ्नो बिचार प्रस्तुत गर्नु भएको छ, त्यसको लागी मेरो छड्के सलाम छ । कमरेड तपाईको स्वास्थ्यस्थिति कमजोर हुँदै गर्दा पनि तपाईले देशलाई जातीयतामा बिखण्डन गर्न हुन्न र हिमाल, पहाड, तराई मधेश सबै क्षेत्र मिल्ने गरी राज्य (प्रदेश) बाँड्नु पर्दछ भन्ने जुन अडान छ, त्यो अडान तपाई यस धर्तीमा बाँचुन्जेल एक ईन्च पनि पछाडि नहट्नु होला । किनभने गिरिजा प्रसाद कोइरालाको देहान्तपछि हाम्रो नेपालमा बोलीको अडान भएको नेता कसैमा छैन र देखिएन । बोलीको अडान र दम भएको नेता कुनै पनि पार्टीमा उदाउन सकेनन् । त्यो क्षमता तपाईंमा छ र नेपाली जनताले बिश्वास गरेको पनि छ । तराईमा तराई मधेशीको मात्रै प्रदेश र पहाडमा पहाडिको मात्रै प्रदेश हुने सम्झौतामा तपाईंको राष्ट्रवादी मनले सोचेर मनन गरेर कमरेड तपाईका हातले हस्ताक्षर गर्ने छैनन, गराउनु हुने छैन र कसैका अगाडि झुकेर सम्झौता गर्नु हुने छैन ।
कमरेड म मगरको छोरो पहाडी बस्ती र सानो खरको झुपडीमा जन्मिएको । मलाई कुनै मगरात राज्य चाहिन्न, मलाई मेरो जातको राज्यले गास, बास र कपास दिने होइन । मैले गास, बास र कपासको ब्यबस्था गर्नको लागि आफैले कडा मेहनत गर्नुपर्दछ । यी सबै जुटाउनको लागि मलाई मेरो प्रदेशबाट अर्को प्रदेशमा जानु पर्ने हुन्छ । तर मलाई अर्को प्रदेशमा सुरक्षाको ग्यारेन्टी कल्ले दिने ? मलाई जागिर कल्ले दिने ? त्यसैले कमरेड ओलीज्यू, जस्ले संविधानसभाको माग गर्यो, उसैले संविधान बनाउन नदिएर संविधानसभामा भित्र तोडफोड, हुलहुज्जत र हातपात गरेर देशलाई बिश्व सामु शिर झुकाउने काम ब्यबहार गरे त्यस्ता व्यक्तिहरूको लागि तपाईहरू काँग्रेस र एमाले लगायत सबै साना दलहरु मिलेर सबै जातजाति भाषाभाषी र सम्पूर्ण धर्मालम्बीहरू मान्य हुने नयाँ संविधान बनाएर देश र जनतालाई देउ । मिल्दैन भने हामीसँग देश चलाउनलाई अन्तरिम संविधान छँदैछ । देश जसरी पनि चलेकै छ । चलिरहने छ । कमरेड माथिका ठूलाठालुलाई लागू नभए पनि तल्लो बर्गका जनतालाई त्यै अन्तरिम संविधानले कानुनी कार्बाही भएकै छ ।
त्यसैले कमरेड ओलीज्यू, एक ईन्च पनि तल–माथि नभइकन आफ्नो अडानलाई यथावत नै राखी देशलाई जातिय राज्य र मधेश र पहाडलाई छुट्याएर बिखण्डन हुनबाट जोगाउने जिम्मेबारी अब तपाईको काँधमा आएको छ । मधेशबादी दलहरूले बिदेशीको इशारामा आफ्नो स्वार्थको लागी मधेश टुक्राउन खोज्दैछन् भने माओबादीले देशलाई जातिय राज्यमा टुक्राटुक्रा पारेर सधै युद्धको रणभूमि बनाउने दिवा सपना देखेका छन । कमरेड ओली देशलाई जातजातीको पहिचानको आधारमा होइन्, भौगोलिक पहिचानका आधारमा प्रदेश बिभाजन गरियोस् ताकी सबै जातजातीको समान हक अधिकार होस् । सबै बर्ग र तप्काले मेरो प्रदेश हो भन्न पाऊन र मेरो देश नेपाल हो भन्न पाउन । सबै राज्यका नेपालीले  गर्बका साथ भन्न पाउन ‘मेरो राज्यमा हिमाल छ, पहाड छ र तराई–मधेश पनि छ ।’
सबैको मन होस् मधेसी नि नेपाली, पहाडी र हिमाली पनि नेपाली । सबै जातजाती भाषाभाषी र धर्मालम्बीहरू सबै हामी नेपाली हाम्रो नेपाल सबैको नेपाल प्यारो नेपाल । प्राण भन्दा प्यारो नेपाल । सबैले गर्भका साथ भन्न पाऊन– मेरो नेपाल ! मेरो नेपाल !! मेरो नेपाल !!! जय जय जय नेपाल ।
कमरेड ओलीज्यू, जबसम्म तपाईंको एक मुठी सास रहन्छ, तबसम्म तपाईंले हिमालदेखि तराई–मधेशसम्मको प्रदेश (राज्य) को सिमाँकन गरेर देशलाई जातिय राज्य र एक मधेश एक प्रदेश भन्ने बिखन्डनकारीहरूबाट बचाउनुहोस । तपाईंलाई राष्ट्रपिता पृथ्बीनारायण शाहपछिको दोस्रो राष्ट्रपिता भनेर सारा नेपाली र बिश्वले चिन्नेछ र भन्ने छन् । इतिहासमा सुनौला अक्षरले तपाईंको नाम लेखिनेछ र हाम्रा भावी पुस्ताले इतिहासमा तपाईंको नाम पढ्न पाउनेछन् ।
पुनश्चः
हिजोको नेपाली आज पनि नेपाली र भोली पनि नेपाली भन्ने सबै नेताज्यूहरूमा भावना पलाओस र हामीलाई नेपाली नागरिक सरह नागरिकता पाउने कानुनी मान्यता पनि प्राप्त होस ।
मिन दर्लामी
लोक गीत सँगीत सर्जक
पूर्व राष्ट्रसेवक
हालः अमेरिका ।
चाहे म प्रवासमा हुँ– ‘यो मन त मेरो सधै नेपाली नै हो।’

No comments :

Post a Comment