21 May 2015

सरकारले निकाल्यो शिर क्षेदन गर्ने जागीरको बिज्ञापन

साउदी अरवको सरकारले जागिर खानकालागि अनौठो विज्ञापन निकालेको छ ।
विज्ञापनमा मान्छेको शिर छेदन गर्ने जागिरकोलागि आवेदन खुल्ला गरिएको छ । उक्त विज्ञापन प्रकाशन भएसँगै सांसरभरका समाचार च्यानहरुले त्यसलाई प्राथमिकताका साथ प्रशारण तथा प्रकाशन गरेका छन् ।
फाइनन्सियल रिभ्यु नामक अखबारले उक्त विज्ञापन बारेको समाचार संप्रेशण गरेसँगै विश्वभर उक्त विज्ञापनबारे चर्चा सुरु भएको हो ।
साउदी सरकारले शिर काट्ने ८ ब्यक्ति आवश्यक रहेको भन्दै उक्त विज्ञापन निकालेको हो । जागिर खानका लागि साउदी अरेवियाका नागरिक हुनु पर्ने र कुनै शैक्षिक योग्यता आवश्यक नपर्ने समेत जनाइएको छ ।
साउदी अरबमा हत्या, बलात्तकार र लागु औषध तस्करी गर्नेलाई शिर छिनाएर प्राण दण्ड दिने कानून छ । चोरी गर्नेलाई भने हात र खुट्टा काटिदिने गरिन्छ ।

No comments :

Post a Comment