22 May 2015

यी हुन चारसयको हत्या गर्ने महिला

महिला आतंकवादी जो चार सय हत्याकी जिम्मेवार छिन्लन्डन- समन्था ल्युथवेट बेलायतकी हुन्। लन्डन विश्व विद्यालयबाट स्नातक उनलाई 'ह्वाइट विडो' नामले पनि चिनिन्छ। तर त्यो भन्दा फरक केन्याको एक विश्व विद्यालयमा १ सय ४८ मानिसको हत्यासहित ४ सय जनाको हत्याको जिम्मेवार महिला आतंकवादी हुन्। 
संञ्चारमाध्यका अनुसार चार बच्चाकी आमा ३२ बर्षीया समन्था लन्डनका सात आत्मघाती हमलामा संलग्न मध्ये एक जर्मेन लिन्डसेकी विधवा हुन्। लन्डनमा भएका हमला पछि उनी भागेकी थिइन्। त्यस पछि उनले रुप बदलेको अड्कल गरिएको छ।
सोमालिया तथा केन्याका विभिन्न आतंकवादी हमला, आत्मघाती हमला र कार विस्फोटका घटनामा ४ सय बढी मानिसको मृत्युको जिम्मेबार समन्था भएको सोमालियाका सुरक्षा अधिकारीले सञ्चारमाध्मलाई बताएका छन्।
अधिकारीहरुका अनुसार उनी संगठनका नेता अहमद उमरकी दाहिने हात हुन् र उनले महिला र किशोर आत्मघाती हमलाकार तयार पार्न अभियान चलाएकी थिइन्।
इन्टरपोलले उनको विरुद्धमा रेड कर्नर नोटिस जारी गरेको छ र २ सय देशमा खोजी गरिरहेको छ।

No comments :

Post a Comment