25 May 2015

बलिउड कलाकारहरुमा क-कस्को आफ्नै घर छ र कक-कसको छैन

katrina-kaif-and-anushka-sharmaनेपालमा आएको बिनाशकारी भूकम्पले आफ्नै घर काल बन्ने हो कि भन्ने सन्त्रास कायमै छ । तर, बलिउडमा घरको छुट्टै महत्व छ । कतिपय कलाकारको घर प्रतिष्ठाको विषय समेत बन्ने गरेका छन् । केही चर्चित कलाकार यस्ता पनि छन् जसको आजसम्म घर छैन र डेरामै बस्दै आएका छन् । हेरौं को डेरा बस्दा रहेछन् र कसको घर रहेछ ?

कट्रिना कैफः लण्डनमा जन्मेकी कट्रिना कैफले हिन्दी फिल्म ‘बुम’वाट बलिउड प्रवेश गरेकी थिईन् । अहिलेसम्म मुम्बईमा आफ्नै नाममा कुनै घर छैन उनको । गत वर्ष प्रेमी रणबीर कपुरसँग कार्टर रोडस्थित सिल्वर स्याण्ड अपार्टमेन्टमा बसेकी छिन् । त्यहाँ उनले घर किनेकी छैनन्, भाडामा बस्छिन् ।
अनुष्का शर्माः भारतको बैंगलोरमा जन्मेकी अनुष्का शर्माले ‘रब ने बना दी जोडी’ वाट अभिनय यात्रा प्रारम्भ गरेकी थिईन् । लोखण्डवालामा उनको आफ्नै घर छ । सन् २०१३ मा उनले यो घर किनेकी थिईन् । यसअघि उनी वर्सोवामा भाडामा बस्थिन् ।
Jacklin-Fernandes
ज्याकलिन
ज्याकलिन फर्नाडीजः श्रीलंकाली नागरिक ज्याकलिनले सन् २००९ मा बनेको ‘अलादीन’वाट बलिउडमा डेब्यु गरेकी थिईन् । उनी पनि दुई वर्ष बान्द्रास्थित एक अपार्टमेन्टमा भाडामा बसिन् । सन् २०१५ मा उनले पनि बान्द्रामा रहेको डुप्लेस अपार्टमेन्ट खरीद गरेकी थिईन् । अहिले उनी सोही अपार्टमेन्टमा बस्दै आएकी छिन् ।
नरगीस फाखरीः अमेरिकाको न्युयोर्कमा जन्मिएकी नरगीस अहिले भारतको चर्चित मोडलका रुपमा चिनिन्छिन् । ‘रकस्टार’वाट फिल्ममा प्रवेश गरेकी नरगीसको पनि मुम्बईमा आफ्नै घर छैन् । बान्द्रामा रहेको अपार्टमेन्टमा भाडामा बस्दै आएकी छिन् ।
दीपिका पादुकोणः बैगलोरमा जन्मिएकी दीपिकाले सन् २०१० मा १६ करोड रुपैंयाँमा प्रभादेवी क्षेत्रको बीयू मोण्डे टावर्समा फ्ल्याट खरीद गरेकी थिइन् । फ्ल्याट किन्नुअघि उनी पनि भाडामा बस्दै आएकी थिईन् ।
दीपिका
दीपिका
चित्रांगदा सिंहः उत्तर प्रदेश मरेठमा जन्मिएकी चित्रांगदाले ‘हजारौं ख्याहिस’वाट अभिनययात्रा सुरु गरेकी थिईन् । सन् २०१० सम्म भाडामा बसेकी उनले अहिले अँधेरीमा घर किनेकी छिन । अहिले उनी आफ्नै घरमा बस्छिन् ।
अदीति रावः तेलंगनाको हैदराबादमा जन्मेकी अदीतिले ‘दिल्ली ६’ वाट अभिनय सुरु गरेकी थिईन् । मुम्बईमा बस्न थालेको ८ वर्ष भयो । आजसम्म घर किनेकी छैनन् । उनी पनि अँधेरीस्थित एक अपार्टमेन्टमा भाडामा बस्दै आएकी छिन् ।
इलियाना डि क्रुजः गोवामा जन्मिएकी इलियानाले ‘बर्फी’ फिल्मबाट डेब्यु गरेकी थिईन् । उनी पनि अहिले अँधेरी स्थित एक अपार्टमेन्टमा भाडामा बस्दै आएकी छिन् ।
परिणीति चोपडाः हरियाणाको अंवालामा जन्मेकी परिणीति चोपडाले यसै वर्ष बान्द्रामा एउटा फ्ल्याट किनेकी छिन् । यसअघि मुम्बईमा भाडामा बस्दै आएकी परीणिती अहिले आफ्नै घरमा बस्छिन् ।-एजेन्सीको सहयोगमा
- See more at: http://www.onlinekhabar.com/2015/05/280646/#sthash.fYPjNqkr.dpuf

No comments :

Post a Comment