31 May 2015

आफ्नै हजुरआमाको हत्या गर्ने पक्राउ

Image result for killed pressing neck१७ जेठ २०७२, झापा- आफ्नै हजुरआमाको घाँटी थिचेर हत्या गरी फरार रहेका झापाको मेचीनगर–१० काँकडभिट्टा निवासी २३ वर्षीय रञ्जित लिम्बूलाई प्रहरीले आज इलामबाट पक्राउ गरेको छ ।
इलामको एक घरमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक अर्जुन तिम्सिनाले जानकारी दिए । उनी गत जेठ १४ गते राति ८२ वर्षीया हजुरआमा रणमाया लिम्बूको हत्या गरेर फरार भएका थिए । प्रहरीले लिम्बूसँगै सोही ठाउँ निवासी १८ वर्षीया लक्ष्मी विकलाई पनि पक्राउ गरेको छ । उनी रञ्जितकी प्रेमिका हुन् ।
परिवारले अन्तर्जातीय प्रेम सम्बन्धलाई मान्यता नदिएपछि रञ्जितले हजुरआमाको हत्या गरी प्रेमिका लक्ष्मीलाई लिएर फरार भएका थिए । हत्यामा संलग्न दुवैलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । लामो समयदेखि लिम्बू र विकबीच प्रेम सम्बन्ध रहेको र त्यो सम्बन्धलाई बचाउन उनीहरुले हजुरआमाको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
उनीहरुले १४ गते राति २ बजे वृद्धा महिलाको हत्या गरी कानमा लगाएको मुन्द्री, नाकको फूली, घाँटीको तिलहरी तथा थैलीमा रहेको नगद रु १० हजारसमेत लगेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । रासस

No comments :

Post a Comment