15 May 2015

चीन पुगेका मोदीको सामाजीक संजालमा के भनेर मजाक उडाइयो त?

१ जेठ, एजेन्सी ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यतिबेला चीनको तीन दिने भ्रमणमा छन् । चीन पुगेका मोदीको विभिन्न तरिकाले चर्चा भएको छ । सामाजिक सञ्जालमा उनको भ्रमणको विषयमा मजाक समेत उडाइएको छ ।

मोदी चाइना ह्याशट्याग #MODIINCHINA चलिरहेको ट्रेण्डिङमा मोदीले चीनको शियान टेराकोटा वारियर्स संग्राहालयमा गरेको मुर्ति अवलोकनमाथि सबै भन्दा बढी मजाक बनाइएको छ ।

मोदी चीन पुगे लगत्तै टेराकोटा वारियर्स संग्राहालयमा पुगेर चीन भ्रमणको औपचारिक शुरुवात गरेका थिए । उनले ती
मुर्तिहरुलाई नजिकबाट नियालेका तस्विर यतिबेला सामाजिक सञ्जालमा मजाकका पात्र बनेका छन् ।


No comments :

Post a Comment