14 May 2015

फेरी हिरो बन्यो स-सस्त्र प्रहरी, घरले पुरेका ६ जनाको जीवितै उद्दार गरेर

Image result for armed police rescued 6 people from damaged house३१ बैसाख २०७२, दोलखा-  दोलखामा सशस्त्र प्रहरीको टोलीले भत्किएको संरचनाबाट ६ जनाको जीवितै उद्धार गरेको छ । २९ वैशाखमा दोलखालाई केन्द्रविन्दुर बनाएर गएकाे ६.८ म्याग्निच्युडकाे भूकम्पमा दोलखाको सिङ्गटी बजारमा रहेको पाँचतले घर भत्किएर पुरिएका १६ वर्षीया सविता गुरुङ, दुई किशोरी र तीन किशोरलाई जीवितै उद्धार गरिएको हाे । भत्किएको घरमा मासु पसल, किराना पसल, चिया पसल, टिभी पसल, मोबाइल पसललगायतका पसल रहेका थिए । भूकम्पबाट उक्त घर भत्किएर पूर्णरुपमा क्षति हुँदा पुरिएका सबै छ जनालाई नै सशस्त्र प्रहरी बलको टोलीले जीवितै उद्धार गरेको हो । जीवित उद्धार गरिएकी सविता गुरुङ पूरै च्यापिएको अवस्थामा रहेकी थिइन् । उनको गोडा पूरै च्यापिएको थियो । उनको उद्धार गर्दा कपालसमेत काट्नुपरेको थियो । उनलाई सशस्त्र प्रहरी नायब निरीक्षक विष्णु दराईंको नेतृत्वमा खटिएको टोलीले उद्धार गरेको हो । ६ जनालाई नै हेलिकप्टरबाट उपचारका लागि काठमाडौँ ल्याइएको छ । 

No comments :

Post a Comment