
दुर्घटनापछि चालक फरार छन् । उनको खोजी भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि केहीबेर अबरुद्ध भएको चाबहिल सडकखण्ड अहिले सुचारु भैसकेको छ ।
यसैबीच काठमाडौंको टोखा र कलंकी खसीबजारमा भएका २ छुट्टा छुट्टै सवारी दुर्घटनामा शनिबार २ जनाको मृत्यु भएको थियो । टोखास्थित जल विनायक तरकारी बजार गेट अगाडि शनिबार साँझ साढे ६ बजे बा ३ ख ४९२१ नम्बरको टि्रपर र बा ६५ प ७७४९ नम्बरको मोटरसाईकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक काठमाडौं फुटुङ बस्ने ३१ वर्षीय सुनिल गुरुङको मृत्यु भएको हो ।
त्यस्तै कलंकीस्थित खसीबजारमा शनिबार बेलुकी साढे ७ बजे ना ४ ख ७०७७ नम्बरको ट्रकको ठक्करबाट साईकलयात्री ललितपुर पाटनका ३५ वर्षीय कृष्णप्रसाद गौतमको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भिर घाइते भएका दुवै जनाको उपचारको क्रममा मृत्यु भएको हो । दुवै दुर्घटनामा संलग्न सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
No comments :
Post a Comment