20 April 2015

‘सर कृपया मलाई फेल नगराइदिनुहोला,

‘सर कृपया मलाई फेल नगराइदिनुहोला, मलाई पास गरिदिनुस्….म फेल भएँ भने मेरो विवाह रद्द हुनेछ ।’ होम साइन्सको परीक्षामा एक से एक छात्राहरुले आफ्नो उत्तरपुस्तिकामा यस्तै यस्तै अनुरोध हरु लेखेको भेटेपछि कपी चेक गर्ने जाँचकी नै असमन्जसमा परे ।
भारतको उत्तरप्रदेश बोर्डको परीक्षा अन्तरगत होम साइन्स विषयको उत्तरपुस्तिका जाँच्ने क्रममा लखनउका शिक्षक सरोज उपाध्यायले यस्ता अनेक अनुरोध तथा गुहारहरु लेखिएको देखे । ती गुहारहरु पढ्दा उनलाई रुनुु न हाँस्नु भयो । कतिपय सन्देशहरु त निकै गम्भीर पनि थिए ।
कतिपय परीक्षार्थीहरुले त कापीमै यदि आफुलाई फेल गराएमा कापी जाँच्नेलाई नराम्रो हुने भन्दै धम्की समेत दिएका थिए । एकजना छात्राले त फेल गराएमा आफुले आत्महत्या गर्ने धम्की दिएकी थिइन् । अर्को एक कापीमा लेखिएको थियो, ‘कृपया मलाई फेल नगराइदिनुस् । मेरो विवाह हुने टुंगा लागेको छ । विवाह हुनुभन्दा ठ्याक्कै अगाडि मेरो रिजल्ट आउनेछ । यदि म फेल भएँ भने मेरो विवाह भंग हुनेछ ।’
भारतीय संचार माध्यमका अनुसार एक अर्को उत्तरपुस्तिकामा भने प्रश्नको उत्तर लेख्ने ठाउँमा टि्वंकल टि्वंकल लिटिल स्टार…… बोलको बालगित लेखिएको थियो ।
उत्तरपुस्तिकामा हुने यस्ता सन्देशहरुले विद्यार्थीहरु मनोविज्ञान, उनीहरुको अप्ठेरो तथा अन्धकारमय भविष्य र जोखिमको संकेत गर्ने र यसको समाधानका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने जाँचकी उपाध्याय बताउँछन् । 

No comments :

Post a Comment