12 March 2015

नेपाल आउँदै छन् पारस

parash sha२८ फागुन, काठमाडौं– दशैं, तिहार, आमा र बाबुको जन्मदिनमा पनि नेपाल नआएका पूर्व युवराजा पारस शाह भान्जाको व्रतबन्धमा नेपाल आउने भएको खबर आजको नेपाल समाचारपत्र दैनिकले लेखेको छ । चैत १५ मा हुने भान्जा पार्थक सिंहको व्रतबन्धका लागि उनी नेपाल आउँन लागेका हुन् । लागू औषध सेवनको आरोप लागेको मुद्दाको फैसला हुने टुंगो लागेपछि बहिनी प्रेरणाले छोराको व्रतबन्धको टुंगो लगाएकी थिइन् । पारस नेपाल आउँने भएपछि पूर्व राजपरिवारमा खुशी छाएको छ । व्रतबन्धमा मामा नभई नहुने भएपछि पारस एक दुई दिनमा नै छुट्ने भएपछि नेपाल आउँने भएका हुन् । पारिवारिक स्रोतका अनुसार पारस चैतको पहिलो साता नेपाल फर्कनेछन् । त्यसपछि भने परिवारले उनलाई थाइल्याण्ड जान नदिने तयारी गरेको छ ।

No comments :

Post a Comment