11 March 2015

फाँसी दिने कानुन नबन्दासम्म बलात्‍कृत बालिकाको शव नजलाउने निर्णय

२६ फाल्गुन २०७१, बारा-   बाराको बेटी बचाउ संघर्ष समितिले बालिका बलात्कार गर्ने अपराधीलाई फासीको सजाय दिने कानुन नबन्दासम्म बलात्कृत बालिकाको शव नजलाउने कठोर निर्णय गरेको छ।
फागुन ९ गते कलैयाको मदर्शा टोलमा बलात्कार पछि अचेत अवस्थामा फेला परेकी कलैया ८ की सात वर्षिया बालिाकाको काठमाडौंको कान्ति बाल अस्पतालमा उपचारका क्रममा अस्ति आइतबार मृत्यु भएको थियो। उनको शव मंगलबार कलैया पुर्‍याइएको थियो। बलात्कृत बालिकाको शव सहित बाराको कलैयामा मङगलबार प्रदर्शन भएको छ। प्रदर्शनमा व्यापक जनसहभागिता
थियो।
संघर्ष समितिका सचिच मुकेश शाहले बालिका बलात्कार गर्ने अपराधीलाई फासीको सजाय दिने कानुन बन्ने सुनिश्‍चित नहुँदासम्म बलात्कृत बालिकाको शव नजलाउने निर्णय भएको बताए। 'साना छोरीहरु भोली बलात्कारीको सिकार हुनु नपरोस् भनेर हामीले यस्तो कठोरे निर्णय गरेका हौं। माग पुरा नहुन्जेलसम्म हामी बालिकाको शव सडकमै राख्‍छौं, शाहले भने।
परिवारको सहमतिमै संघर्ष समितिले यस्तो निर्णय लिएको हो। बालिकाका बाबुले पनि रुँदै भने, 'मेरी छोरी त मरी अब अरु छोरीहरु यसरी मर्नु नपरोस् भनेर यस्तो निर्णय लिन वाध्य भएका हौं।' संघर्ष समितिले कलैयाको जिल्ला प्रशासन कार्यलय नजिकै भरतचोकमा टेन्ट गाड्दै छ। त्यही बालिकाको शव राख्‍ने तयारी भइरहेको छ। 
दाह संस्कारका लागि काठमाण्डौबाट मङगलबार ल्याइएको शव , बेटी बचाउ संघर्ष समितिले कलैयामा अवस्थित जिल्ल प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडिको सडकमा राखेर दिउँसो एक बजे देखि प्रदर्शन गरेको हो। प्रदर्शनमा कलैयाका सर्वसाधरण, नागरिक समाज , युवा , विधार्थी , राजनीतिक दलका नेता कार्यकर्ता लगायतको सहभागीता रहेको छ ।प्रदर्शनमा सहभागीहरुले मङगलबार दिउसो सवा २ बजे देखि कलैया बजार पनि बन्द गराएका छन्।
बेटी बचाउ संघर्ष समितिले कलैयामा अहिले सम्म बलत्कार पछि हत्या गरिएका बालिकाहरुको परिवारलाइ क्षतिपुर्ति बापत जनही २० लाख रुपैया उपलब्ध गराउनु पर्ने , कलैया नगर क्षेत्रमा सिसि क्यामेरा जडान गर्नु पर्ने ,नगरको शान्ति सुरक्षाको अवस्थामा सुधार ल्याउनु पर्ने लगायतका माग गर्दै प्रदर्शन गरेको समितिका सचिव मुकेश साहले बताए।
यस्तै काठमाण्डौबाट शव ल्याउने क्रममा सिमरामा पनि मङगलबार दिउँसो स्थानीयवासीले बालिकाको शव सहित प्रदर्शन गरेका थिए। सिमराको मुख्य चोकमा स्थानीयवासी, राजनीतीक दलका नेता कार्यकर्ता र युवा विधार्थीले बालिकाको शव राखेर १५ मिनेट प्रदर्शन गरेका थिए।

No comments :

Post a Comment