
माओवादी अध्यक्ष प्रचण्डले पनि सहमति जनाएको निर्मल निवास स्रोतको दावी रहेको छ । २०७१ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजाले दिएको वक्तव्य त्यसैको आधारमा आएको र सहमति बारे उल्लेख गर्न बाध्य हुनु परेको पूर्व महाराजाको बाध्यता भएको एकजना राजावादीले जानकारी दिए । तर,कांग्रेस तथा एमालेका नेताहरुले यस भनाइ र दाबीलाई अस्वीकार गरिरहेका छन् । तत्कालीन अवस्थामा मुख्य वार्ताकार कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले त्यस्तो कुनै सहमति नभएको दाबी गरिरहेका छन् । आजको साँघु साप्ताहिकमा खबर छ ।
No comments :
Post a Comment