23 February 2015

ट्रकका ट्रक लाश

-एजेन्सी ।
उत्तरी सिरियाको इजिप्टको सीमा क्षेत्रमा पर्ने कोबेन शहरमा अमेरिकी बम बर्षक विमानले गरेको कारवाहीमा मारिएका मानिसहरुलाई ट्रक र ट्रयाक्टरमा लोड गरिएका विभत्स तस्विर सार्वजनिक भएका छन् । अन्तराष्ट्रिय मिडियामा सार्वजनिक भएका तस्विर साँच्चिकै विभत्स छन् । ट्रकमा भरी भरी लाश राखिएका र ओसारिएका दृष्यले यतिबेला विश्वभरी नै हेडलाइन बनाइरहेका छन् ।
अमेरिकी सेनाले कुर्दिश सहरमा बमबारी गर्दा यो अवस्था
आएको हो । यतिबेला सो शहरमा लाशको थुप्रो लागेको छ ।
शहर नै भग्नावशेषमा परिणत भएको सञ्चार माध्यममा प्रकाशित तस्विरबाट पुष्टी हुन्छ ।
दृष्यमा जताततै भत्किएका भवन र लाश दख्न सकिन्छ । लाश बेबारिसे लाशको विभत्स अवस्थाले रोगको महामारी नै फैलिने खतरा देखिएको छ ।
इस्लामिक स्टेट आइएसका लडाकुलाई लक्षित गरी अमेरिकी सेनाले उक्त कारवाही गरेको हो । 

No comments :

Post a Comment