18 February 2015

भाइबरमाथि प्रतिबन्ध

Image result for viberएजेन्सी । सुरक्षा संवेदनशिलतालाई ध्यानमा राख्दै बंगलादेशमा भाइबर प्रयोगमा प्रतिबन्ध लगाईएको छ । त्यहाँको सुरक्षा निकायको आग्रहमा बंगलादेशको टेलिकम रेगुलेटरी कमिसनले भाइबरमा प्रतिबन्ध लगाएको हो ।
भाइबरमा भएको कुराकानी तथा सन्देश आदानप्रदानको विवरण सुरक्षा निकायले प्राप्त गर्न नसक्ने भएका कारण सरकार विरोधी प्रदर्शनमा उत्रिएका विपक्षीहरुले यसको प्रयोग गरी सन्देश आदान प्रदान गर्ने गरेका छन् । जसका कारण सुरक्षा निकायले भाइबरमै प्रतिबन्ध लगाएको हो ।
तर यसको निगरानी गर्न भने सुरक्षा निकायलाई कठिन भएको छ । सुरक्षा निकायले भाइबरलगायतका निशुल्क फोन र एसएमएस गर्ने एप्लिकेसन आपराधिक गतिविधिमा संलग्नहरुले उपयोग गर्ने गरेको पाईएको दावी पनि गरेको छ ।

No comments :

Post a Comment