पुरुषबाट रहनुस् टाढाः
१०९ वर्षकी जेसीले आफ्नो लामो उमेरको
रहस्य थोरै व्यायाम गर्नु र खिचडी खानु बताएकी छिन् । यसका साथै उनले पुरुषहरुबाट टाढा रहँदा पनि लामो उमेर बाँच्न सकिने बताएकी छिन् जुन आफैँमा अचम्मको कुरा हो । जेसीले आफू पुरुषहरुबाट धेरैजसो टाढा भएकोले लामो समयसम्म बाँच्न सफल भएको बताइन् ।
जेसीका अनुसार उनी जन्मजात नै महिलाहरुसँग धेरै समय बिताउने प्रकृतिकी थिइन् । विवाह भएको केहि समयपश्चात् नै सन् १९३१ मा उनको श्रीमानको मृत्यु भएको थियो । उनको दिमागमा दोस्रो विवाह गर्ने सोच कहिले पनि नआएको उनले बताइन् । पछिल्लो ८३ वर्षदेखि उनी एक्लै बस्दै आएकी छिन् अर्थात पुरुषहरुबाट टाढा रहेकी छिन् । उनले लामो उमेर पाउने सबैभन्दा ठूलो रहस्य पुरुषबाट टाढा रहनुपर्ने उनले बताइन् । (एजेन्सी)
No comments :
Post a Comment