28 February 2015

कस्तो छ त माओबादिको नौटङ्गी

काठमाडौ, फाल्गुन १५ - एमाओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले भोलि(शनिबार) राजधानीमा नौटङ्गी को तयारी गरेको छ । सहमतिमा संविधान निर्माणको दवाब दिन विपक्षी गठबन्धनले खुलामञ्चमा गर्न लागेको   नौटङ्गीलाई 'जनप्रदर्शनसहितको  आमसभा' भनेको छ । १ बजे हुने सभाका लागि राजधानीको विभिन्न ५ वटा केन्द्रबाट बिहान ११ बजेबाट जुलुस प्रारम्भ हुने
एमाओवादीले जनाएको छ ।
नौटङ्गी कलंकी, बालाजु, तिनकुने, गौशाला र लगनखेलबाट हुनेछ । नेता बाबुराम भट्टराईले कलंकीबाट नेतृत्व गर्ने  नौटङ्गी कालिमाटी, त्रिपुरेश्वर रंगशाला,वीरअस्पताल हुँदै खुलामामञ्चमा प्रवेश गर्नेछ । टोपबहादुर रायमाझी नेतृत्वको बालाजुबाट निस्केको र गिरिराजमणि पोखरेल नेतृत्वको गौशालको नौटङ्गी कमलपोखरी कृष्ण पाउरोटी चोकमा जम्मा भएर पुतली सडक,पद्मोदय मोडबाट प्रदर्शनीमार्ग हुँदै विद्युत प्राधिकरण अगाडिबाट त्यस्तै तिनकुनेबाट नेता नारायणकाजी नेतृत्वको  नौटङ्गी बबरमहल, थापाथली,त्रिपुरेश्वर, रंगशाला,वीरअस्पताल हुँदै सभास्थलमा प्रवेश गर्नेछ । वर्षमान पुनले नेतृत्व गरेको लगनखेलको  नौटङ्गी जाउलाखेल,कुपण्डोल, थापाथली,त्रिपुरेश्वर र वीरअस्पताल हुँदै कार्यक्रम स्थलमा पुग्ने तय गरिएको एमाओवादी  महासचिव कृष्णबहादुर महराद्वाराजारी विज्ञप्तीमा जनाइएको छ ।  नौटङ्गीमा काठमाडौं उपत्यका बाहेक धादिङ, चितवन, मकवानपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक,काभ्रे,दोलखा, रामेछाप र सिन्धुली लगायतका जिल्लाबाट कार्यकर्ता र जनता उतार्ने एमाओवादीको तयारी छ ।

No comments :

Post a Comment