22 February 2015

पूर्वराजा र दलहरुबीच सहमति भएकै हो

काठमाडौं, फागुन ९– राप्रपा नेपालभित्रको असन्तुष्ट पद्मसुन्दर लावती समुहले पूर्वराजाले मूलूकलाई दिगो शान्ति, स्थायित्व र समृद्धीतर्फ अघि बढाउन राजनीतिक दलहरुसँग सहमति तथा समझदारी गरेको दाबी गरेको छ । हिन्दू  राष्ट्र र राजतन्त्रको मुद्दालाई संस्थापनले सशक्त
ढंगले नउठाएको  तथा कमल थापाले पार्टीलाई मनोमानी ढंगले चलाएको आरोप लगाउँदै   सुद्धिढिकरण अभियान चलाउँदै आएका  वरिष्ठ नेता पद्मसुन्दर लावतीले आज एक विज्ञप्ती जारी गर्दै पूर्वराजा र दलहरुबीच सहमति भएको दाबी गरेका हुन् । उनले प्रतिनिधिसभा पूनस्र्थापना भएपछि बसेको प्रतिनिधिसभाको पहिलो बैठक समेत संविधान, २०४७ अनुकूल संचालन र सम्पन्न भएका तथा २०४७ को संविधानमा संवैधानिक राजतन्त्रसमेत अपरिवर्तनीय धाराहरू समावेश रहेको भन्दै एकताको प्रतीकको रूपमा संवैधानिक हैसियत प्राप्त राजसंस्था उन्मुलन गरिनुको कारण जनतासमक्ष स्पष्ट पारिनुपर्ने समेत माग गरेका छन् । उनले तत्कालीन राजनीतिक दलहरू र राजाबीच भएका सहमति, समझदारी मेलमिलापको दर्बीलो आधार बन्नसक्ने भन्दै संविधानवादलगायत अनेकौं प्रश्न उब्जेको संकटको घडीमा असफलता ढाकछोप गर्न आरोप प्रत्यारोपमा उत्रनुभन्दा राजनीतिक दलहरू खुला हृदय लिएर जिम्मेवारपूर्वक अग्रसर हुन जरूरी रहेको समेत विज्ञप्तीमा उल्लेख गरेका छन् । पूर्वराजा शाहले आफूसँग विगतमा सहमति भएको दाबी गर्दै सहमति कार्यान्वय गर्न माग गरेको बेला राजावादी पार्टी राप्रपा नेपाल भने मौन बसेको भन्दै उनले आलोचना समेत गरेका छन् । ‘सैद्धान्तिक रूपमा वल्लो घर, पल्लो घर गरिरहेको राप्रपा नेपाल नेतृत्व यस सन्दर्भमा पनि मौन छ,’ विज्ञप्तीमा भनिएको छ, ‘अवसरवाद, नैतिकपतन तथा पलायनको पर्यायावाची बनेको पात्र जनताको नजरमा गढेकै छन् ।’

No comments :

Post a Comment