21 February 2015

नेपाली क्रिकेटप्रेमीहरु आन्दोलनमा

Nepali Cricket Fan Protest (9)२०७१ फागुन ९, काठमाण्डैं-  राष्ट्रिय झण्डासहित काठमाण्डैाको  सडकमा यसबेला बिसाल जुलुस निस्किएको छ, जुन न त कुनै दलविषेशको समर्थनमा हो न त पेट्रोलको भाउ बढेकाले नै हो । नेपाली युवाहरु स्वस्फुर्तरुपमा एउटा नैालो प्रयोजनका लागी यसबेला सडकमा निस्किएका छन, जसलाइ सकारात्मक मान्नैपर्छ नेपाली जनताले । दलका झण्डा बोकेर एकअर्का बिरुद्द नाराबाजी गर्दै हिड्ने बेकामेहरुको झुण्ड त काठमाण्डौको सडकमा बाक्लै देख्न सकिन्छ तर एउटा सकारात्मक पहलकदमीका लागी बिरलै हुने गर्छन यस्ता धर्नाका कार्यक्रमहरु,
त्यहि बिरलैे हुने घटनाहरुको एउटा कुसल नमुनाका रुपमा लिन सकिन्छ नेपाली युवाहरुको यो खवरदारीलाइ ।

अष्ट्रेलियामा विश्वकप क्रिकेट भइरहदा नेपाली क्रिकेटप्रेमीहरु सडकमा उत्रिएका छन नेपाली क्रिकेट जोगाउनका निमित्त । 'क्यानमा भएको/हुनेगरेको भ्रष्टाचारको छानविन', 'राम्रो क्रिकेट मैदानको तुरुन्त निर्माण', 'क्रिकेट बोर्ड गठन' लगायतका माग राख्दै प्रदर्शन गरेका हुन् । कार्यक्रम 'बिबेकशील नेपाली' नामक राजनीतिक पार्टी र स्वतन्त्र क्रिकेटप्रेमी नेपाली युवाहरुको अगुवाइमा भइरहेको हो ।

No comments :

Post a Comment