18 February 2015

इराकः आइएसद्वारा ४५ जनाको जलाएर हत्या

इराकको अल–बगदादी शहरमा चरमपन्थी इस्लामिक स्टेट (आइएस) ले ४५ जनाको जलाएर हत्या गरेको छ । अनवर प्रान्तको अल–बगदादी शहरका प्रहरी प्रमुखका अनुसार हत्या भएकाहरु को थिए र किन जलाएर हत्या
गरियो भन्ने स्पष्ट भइनसकेको बताएको उल्लेख गरेका छन् । यद्यपी कर्णेल कासिम अल–ओबेदीले हत्या भएकाहरु सुरक्षाकर्मी हुनसक्ने बताएको बीबीसीले उल्लेख गरेको छ । कर्णेल ओबेदीले सुरक्षा बल र स्थानीय अधिकारीहरुका परिवार बस्ने ठाउँमा आक्रमण भएकोले सुरक्षाकर्मी र उनीहरुका परिवार मारिएको हुनसक्ने अनुमान गरिएको बताएका हुन् । इराकी सेनाले अन्तर्राष्ट्रिय समुदाय र सरकारसँग सहयोगका लागि आग्रह गरेको छ । आइएसका लडाकुले पछिल्लो साता मात्रै अल–बगदादीको अधिकांश भागलाई कब्जामा लिएका छन् । अल–बगदादी अमेरिकी सेनाको आधार शिविरभन्दा ८ किमी मात्रै टाढा छ । यस क्षेत्रमा युद्ध र विग्रेको सञ्चार व्यवस्थाका कारण खबरहरु पुष्टि गर्न अप्ठ्यारो भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

No comments :

Post a Comment