23 February 2015

विवाह गर्दै पारस

Paras_Khadka_NPकाठमाडौं,फागुन ११ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का १४ फागुनमा बैबाहिक जीवनमा बाँधिने भएका छन् । कप्तान पारसले प्रमिका प्राप्तिराज्यलक्ष्मी राणासँग विवाह गर्न लागेका हुन् । केही वर्षयता पारस र प्राप्तिबीच प्रेम सम्बन्ध चल्दै आएको छ । दुई वर्षअघि पारसले प्राप्तिसँग इन्गेजमेन्ट गरेका थिए । कप्तान पारसले आफ्नो कप्तानीमा नेपाली क्रिकेटलाई एक स्तरमा पुर्याएका छन् । उनको कप्तानीमा नेपाल आइसिसी टी–२० विश्वकपमा समेत सहभागिता जनाएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । 

No comments :

Post a Comment