01 February 2015

अमेरिकी राष्ट्रपति ओबामालाई साउदीमा यस्तो अपमान

एजेन्सी । संसारकै शक्तिशाली राष्ट्र अमेरिका र साउदी अरब एक अर्काबीच घनिष्ट सम्बन्ध भएका साझेदार मुलुक हुन् ।
अरब राष्ट्रहरुमा अमेरिकाले गर्ने हरेक हस्तक्षेपहरुलाई पनि आँखा चिम्लिएर स्वागत गर्ने साउदी अरबले भर्खरै भएको राष्ट्रपति बाराक ओबामा र प्रथम महिला मिशेलमाथि भने अपमानित महसुस गराउने काम गरेको खुलासा भएको छ ।
केही दिनअघिमात्र साउदी अरबका दिबंगत राजा अब्दुल्लाहको निधनमा शोक प्रकट गर्न साउदी पुगेका ओबामा दम्पति रियादस्थित विमानस्थलमा उत्रिएपछि निराश बनेका थिए । स्वागतका लागि गएका नयाँ किङ सलमानले ओबामा दम्पत्तिलाई रातो कार्पेटमा एक्लै छोडेर हिडेका थिए । राष्ट्रपति ओबामा एयरफोर्स वनबाट किङ खालिद इन्टरनेशनल एयरपोर्टमा पुग्दा स्वागतका लागि नयाँ राजा सहित केही अधिकारीहरु पुगेका थिए । तर नयाँ राजा नमाजको समय भन्दै सबै प्रोटोकल भुलेर ओबामा दम्पत्तिलाई छोडेर हिँडेका थिए । ओबामा २७ जनवरीमा साउदी अरब गएका थिए ।
साभार : दैनिक नेपाल

No comments :

Post a Comment