23 January 2015

माइक र कुर्सी भाँच्दैमा आत्मालोचना गर्नुपर्दैनः गजुरेल

cp gajurelसिन्धुली, माघ ९ - नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले संसदवादी दलहरुको एक वर्षदेखिको नशा उत्रिएको बताएका छन् ।  माघ ८ मा संविधान जारी गर्ने भनेर लागेको नशा उत्रिएको सिन्धुलीमाढीमा शुक्रबार दिउँसो आयोजना गरिएको पत्रकार सम्मेलनमा उपाध्यक्ष गजुरेलले बताए। यो संविधानसभाले धेरैवटा माघ ८ को मिति राखेपनि संविधान जारी गर्न नसक्ने उपाध्यक्ष गजुरेलले ठोकुवा  गरे ।
संविधानसभा भित्र, बाहिर रहेका सबै दलहरुलाई समेटेर अधिकार सम्पन्न राष्ट्रियसभा बोलाई सबैको माग सम्बोधन हुने गरी जारी हुने संविधानलाई मात्र मान्यता हुने भएकाले एकमात्र विकल्प आफूहरुले अघि सारेको उपाध्यक्ष गजुरेलको भनाइ थियो । यसका लागि प्रधानमन्त्रीले तत्कालसभा बोलाउन विलम्ब गर्न नहुने उनको तर्क छ ।

संविधानसभामा विपक्षी मोर्चाले कुर्सी माइक भाच्नुलाई स्वभाविक भएको भन्दै अन्य संसदवादी मुलुकमा सदन भित्र ढाड नै भाँचेको उदाहरण रहेको उपाध्यक्ष गजुरेलले दावी गरे । प्रचण्डले जाबो कुर्सी माइक भाँच्दैमा आत्मआलोचना गरिरहन जरुरी नभएको उनको जिकिर थियो । दुई तिहाइको दम्भ देखाए देश नयाँ द्वन्दमा फस्ने उनले चेतावनी दिए । विकल्प दिंदा समेत मान्दैनन् भने अब जन संर्घषबाट जनसंविधान जारी गर्ने उपाध्यक्ष गजुरेलको हुंकार थियो । पहिलाको संविधानसभा ठिक भएपनि संविधान बनाउन देशी विदशी शक्तिहरुले नदिएको भन्दै अहिलेको संविधानसभा पश्चगमनको हतियार भएकाले कुनै अर्थ नरहेको उनले टिप्पणी गरे ।

No comments :

Post a Comment