त्यस क्रममा महिला सभासदले संविधानसभा बैठक अवरुद्ध गर्ने क्रममा पुरुष मर्यादापालकले आफूहरुको संवेदनशील अंगमा हाल लगाएको भन्दै त्यस्ता मर्यादापालकमाथि कारबाही गर्न सधाध्यक्षको ध्यानाकर्षण गराएका थिए। एमाओवादी सभासद रुपा महर्जन, राधिका तामाङले आफूहरुले राखेको विषयलाई सभाध्यक्षले गम्भीर रुपमा नलिएको आरोप लगाइन्।
एमाओवादी सभासदहरुबाट औपचारिक आरोप लगाउनुअघी चर्चा गराइएको यो प्रसङगमा नेम्वाङले उनीहरुले ध्यानाकर्षण गराउनुअघी बुझ्नुभएको संसद सचिवालय स्रोतले जनाएको छ। तर तस्विरहरु र दृश्यमा भीडमा एमाओवादी सहितका विपक्षी सभासदहरुले एकले अर्कालाई सहयोग गर्दा महिला सभासदहरुको संवेदनशील अंगमा छोएको देखिएको थियो। ट्राइपोड, क्यामेरा, कुर्सी भाच्ने क्रममा केहि धक्का मुक्का भएपनि आरोप लगाएको जस्तो अवस्था नरहेको देखिएपछि सो आरोपमा गम्भिरता नदेखाइएको वताइएको छ।
No comments :
Post a Comment