28 January 2015

राजेन्द्र पाण्डेद्वारा आत्मसमर्पण

मेगा बैंक ठगी प्रकरणका मुख्य योजनाकारद्वारा आत्मसमर्पण१३ माघ २०७१, काठमाडौं-  मेगा बैंक ठगी प्रकरणका मुख्य योजनाकार राजेन्द्र पाण्डेले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । प्रहरीले कानुनी अनुसन्धान अघि बढाएपछि पाण्डेले १३ माघमा महानगरीय प्रहरी अपराध महाशाखामा आत्मसमर्पण गरेका हुन् । अपराधमा संलग्न रहेको स्वीकार्दै पाण्डे सम्पर्कमा आएको महाशाखाले जनाएको छ । महाशाखाले १३ माघमै उनलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ । मेगा बैंक धादिङ शाखाका तत्कालीन म्यानेजर पाण्डेकै मुख्य योजनामा मेगा बैंकको रु.२ करोड ९ लाख ९० हजार ठगी भएको थियो । उनी विरुद्ध प्रहरीले बैकिङ कसुर र ठगी अपराध मुद्धा अघि बढाएको छ । 

No comments :

Post a Comment