13 December 2014

रोए एडेलेडबासी

२७ मंसिर २०७१, एडेलेड- झोलाको प्रदर्शनले हिजो एडेलेडबासी नेपालीहरुलाइ रुवाएको छ । सिटीको मर्फेट रोडमा स्थित मर्करी सिनेमा हल हिजो नेपालीहरुले करिब भरिएको थियो अनि प्रदर्शनका क्रममा दर्शकका अाखा आँसुले ।

कृष्ण धराबासीको चर्चित कथा झोलाको बिषयबस्तुमा बनेको चलचित्र झोलालाइ नेपाली ग्रोसरी एडेलेडले नेपालीहरुसामु ल्याएको थियो । झोला
चलचित्र नेपालमा बिगतमा बिद्यमान सतिप्रथामा आधारित छ । एउटी नारीको र वालवालीकाको जीवन सतीप्रथाका कारण कत्ति कष्टकर थियो भन्ने कुरा कथामा उतारिएको छ र कथाको बिषयबस्तुलाइ दुरुस्त पर्दामा ।

पुर्बी नेपालका प्रखर साहित्यकार धराबासी  साच्चैँमा राम्रो साहित्यका सिर्जनाकार मानिन्छन् । दार्जिलिङ्गे नेपाली साहित्यकार इन्द्र राइले सुरुवात गरेको नेपाली साहित्यमा लीला-लेखनलाइ एउटा छुट्टै उचाइ दिन सफल साहित्यकार धराबासिका शरणार्थी, राधा, झोला आदि निक्कै लोकप्रिय छन् ।

No comments :

Post a Comment