18 November 2014

भारतीय कलेजको लापरवाहीले सन्तान गुमाउनु पर्‍योः

nn२ मंसिर २०७१, नैनिताल-  भारत नैनितालको स्रिउड कलेजले लापरवाही गर्दा आफूले सन्तान गुमाउनुपरेको भन्दै काठमाडौंकी नीना श्रेष्ठले दोषीलाई कारवाहीको माग गरेकी छिन् ।२ मंसीरमा लैंनचौंर ब्याङ्क्वीटमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले समयमा उपचार र रेखदेख नगरिदिदा आफ्नो छोरा शानको निधन भएको जनाइन् । कक्षा–९, मा अध्ययरत शानको निमोनियाबाट २८ कात्तिकमा निधन भएको थियो ।
श्रेष्ठले भनिन, ‘‘खकारबाट रगत बग्न थालेपछि मात्रै अस्पताल लगिएपनि कलेजले मलाई जानकारी गराएन, मैले शानको साथीको अभिभावकबाट जानकारी पाए ।’’ श्रेष्ठले आजै भारतीय दुतावास र प्रधानमन्त्री सुशील कोइरालालाई दोषीमाथि कार्वाहीको माग राख्दै ज्ञापनपत्र बुझाएकी छन् ।
उनले भारतको उत्कृष्ठ कलेजबाटै यस्तो गम्भीर लापरवाही भएकाले भारतीय शिक्षा मन्त्रालयले गम्भीर हुनुपर्ने जनाइन् ।

No comments :

Post a Comment