24 January 2017

भारतले मिच्यो नेपालको ६० हजार हेक्टर जमिन

samir-thapa-magar
लेखक समिर थापा महर
भारतसंग जोडिएका नेपालका २६ जिल्लामध्ये २१ जिल्लामा सीमा विबाद छ । भारतले २१ जिल्लाका ७१ भन्दा बढि स्थानमा नेपाली सीमा अतिक्रमण गरेको छ ।  भारतसंग जोडिएका नेपालका चार जिल्लाहरु महोत्तरी, धनुषा, डडेलधुरा र बैतडी मात्र अहिलेसम्म अतिक्रमण भएको छैन । अन्य जिल्लाको सीमा हेर्ने हो भने भारतले लगभग ६० हजार हेक्टरभन्दा बढी नेपाली भू–भाग भारतले मिचेको विभिन्न तथ्यहरुमा देखिदै आएको छ । यी मध्ये कालापानी, लिम्पियाधुरा क्षेत्रको मात्रै ३६ हजार नवलपरासीको सुस्तामा १४ हजार र अन्य जिल्लाहरुमा ९ हजार हेक्टर जमिन भारतीय पक्षबाट अतिक्रमित हुन पुगेको छ ।

नेपाल टुक्रयाउने भारतको प्लानमा प्रचण्ड-बाबुरामको संलग्नता रहेको खुलासा

२४ जनवरी २०१७, काठमाण्डट- ३ मार्च २०१६ का दिन पाकिस्तानी सीमा सुरक्षा प्रहरीले हुसेन मुवारक पटेल नाम गरेको एक ब्यक्तिलाई गैरकानुनी रुपले इरानको सीमाबाट पाकिस्तान प्रवेश गर्ने क्रममा पक्राउ गर्यो । त्यसको तीन हप्तापछि पाकिस्तानका सांसद परवेज रसिद र पाकिस्तानी सेनाका प्रेस महानिर्देशन लेफ्टिनेन्ट जनरल असिम सलिम बाजवाले संयुक्त पत्रकार सम्मेलन गर्दै गिरफ्ता पटेलका बारेमा सनसनीखेज सूचना दिए । 

पाकिस्तानी सुरक्षाकर्मी समक्ष दिएको साविती बयानमा पटेलले आफ्नो वास्ताविक नाम कुलभुषण यादव भएको, आफू भारतको अन्तर्राष्ट्रिय जासुसी संस्था ‘रअ’को एजेन्ट भएको, आफूले पाकिस्तानको बलुचिस्तान र नेपालको दक्षिणी (तराई) क्षेत्रमा जासुसी मिसनमा काम गरेको स्वीकारेका थिए । उनको बयानका अंशहरु जस्ताको तस्तै विभिन्न सञ्चार माध्यममा भारत, पाकिस्तान र अन्य देशबाट प्रकाशित भए ।