30 April 2016

शिक्षकले गरे आफ्नै विद्यार्थीमाथि बलात्कार प्रयास

Image result for teacher attempts rape to his student३० अप्रिल २०१६, सल्यान – सल्यानमा एक शिक्षकले आफ्नै विद्यार्थीमाथि बलात्कार प्रयास गरेका छन् । जनसेवा निम्न माध्यमिक विद्यालय चाँदे ४ सागिनेका शिक्षक सन्दीप खड्काले आफ्नै विद्यालयमा पढाउने विद्यार्थीमाथि बलात्कार प्रयास गरेका हुन् । कक्षा ८ मा अध्ययनरत सीता (नाम परिवर्तन) लाई शुक्रबार साँझ घरमा कोही नभएको मौका छोपी शिक्षक खड्काले बलात्कार प्रयास गरेको पिडित बालिकाका आफन्तले जानकारी
दिएका छन् । बलात्कार प्रयास गर्ने शिक्षक खड्कालाई पिडितका आफन्तले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय सल्लीबजारलाई बुझाएका थिए । पिडितका आफन्तले शनिबार खड्का विरुद्ध इलाका प्रहरी कार्यालय सल्लीबजारमा मुद्या दर्ता समेत गराएका छन् । दुस्प्रयास गर्ने शिक्षकलाई जिल्ला चलान गरिएको इलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ । 

No comments :

Post a Comment