22 April 2016

यौन इच्छा घट्यो ? कारण थाह पाउनुहोस्

यौन प्राकृतिक कुरा हो। हरेक सामान्य मानिसमा यौन चाहना हुन्छ। अधिकांश मनोवैज्ञानिक तथा यौन विशेषज्ञहरू यस कुरामा सहमत छन् कि मानिसको शरीरमा यौनभावना जन्मदेखि नै एक ऊर्जाको रूपमा मौजुत हुन्छ। यस्तो यौन ऊर्जा युवाकालमा निकै बलियो हुने गर्छ।
 
मानिसको मस्तिष्कमा विद्यमान लिम्बिक प्रणालीले कामुक इच्छा, कामोत्तेजना, यौन सक्रियता तथा सहवासको प्रक्रियालाई नियम र नियन्त्रण गर्ने कार्य गर्छ। जब स्त्रीपुरुष एकअर्काप्रति आकर्षित हुन्छन्, त्यसबेला टेस्टोस्टरेन तथा फेनिलथैलामाइनजस्ता हार्मोनहरू निष्कासन हुन्छन्। 
टेस्टोस्टरेनलाई पुरुष हार्मोन भनिन्छ। यो हार्मोनले सेक्स चाहना जगाउन तथा यौनांगलाई उत्तेजित बनाउने कार्य गर्छ। यो हार्मोनले नै स्त्रीपुरुषलाई सहवासका लागि उत्साहित तुल्याउ“छ भने फेनिलाथैलामाइनले मुडलाई नियन्त्रित गर्छ।
 
यौन प्रक्रियाको बेलामा एन्डोर्फिन, अक्सिटोसिनजस्ता हार्मोनहरू पनि निष्कासन हुने गर्छन्। कामुक वातावरणमा आलिंगन, चुम्बन गर्दा तथा स्तन वा यौनांग खेलाउँदा एन्डोर्फिन निष्कासन हुने गर्छ। यो हार्मोनले प्रसन्नता तथा रोमाञ्चकता पैदा गर्छ। 
 
अक्सिटोसिन कामवासनाका लागि सिधा रूपमा जिम्मेवार हुन्छ।प्रकृतिले वनस्पति तथा पशुपक्षीलाई विशेष ऋतुमा मात्र 'यौन' (सेक्स) प्रति क्रियाशील बनाउ“छ। जब कि मानिसलाई ऋतुको छेकवार छैन। मानिस प्रत्येक ऋतुमा 'यौन क्रीडा' मा सक्रिय रहन सक्छ।
 
सम्भवतः यसैकारणले गर्दा नै 'सेक्स' अधिकांश मानिसको लागि समस्या बन्ने गरेको छ। हुन पनि एउटा जवान व्यक्ति शारीरिक शक्तिले यति ऊर्जावान् हुन्छ कि त्यो शक्तिको अभिव्यक्ति शारीरिक काम-क्रियाद्वारा प्रदर्शित गर्ने प्रयत्न गर्छ। 
 
तर उसलाई यौन क्रीडा पुरा गर्न पति वा पत्नी तथा आफ्नो शरीरले समेत साथ दिनुपर्छ। होइन भने सेक्स उसका लागि एक समस्या बन्नुका साथै पारिवारिक जीवनलाई नै संकटमा पार्छ।
 
यौन क्रिया पूरा हुन सबैभन्दा पहिला महिला-पुरुषमा यौन इच्छा हुनुपर्छ। तर पतिपत्नीमध्य कुनै एकमा यौन इच्छा भएन भने यौन क्रियामा समस्या उत्पन्न हुन्छ। महिला-पुरुष दुवैमा देखिने यस्ता समस्याहरू दुई प्रकारका हुन्छन्।
 
यौन इच्छामा कमी
 
यौन इच्छामा कमी (हाइपोएक्टिभ सेक्सुअल डिजायर डिसअर्डर) हुनु पनि एक यौन समस्या हो। यस समस्याबाट ग्रस्त महिला वा पुरुष दुवैले यौनप्रति कम वा कत्ति पनि इच्छा देखाउँदैनन्। यो समस्याबाट १० प्रतिशत महिला तथा तीन प्रतिशत पुरुष प्रभावित भएको तथ्य छ। कतिपय महिलामा यौन इच्छा हु“दैन तर पनि पतिको सुखका लागि यौन क्रियामा पूर्ण सक्रिय हुन्छन्।
 
यौन विराग विकार
 
यौन विराग समस्या (सेक्सुअल एभर्सन डिसअर्डर) यौन इच्छाको कमीभन्दा अलि जटिल समस्या हो। यस्तो समस्या भएमा मानिसको यौन इच्छामा कमी हुनुको साथसाथै यौन क्रियामा भाग लिँदैनन्।
 
यस्तो विकारग्रस्त व्यक्तिलाई यौन क्रियाप्रति विरक्ति र घृणा हुने गर्छ। कतिपय यस समस्याबाट पीडित व्यक्तिले चुम्बन तथा आंलिगन आदिबाट आफ्नो साथीलाई सन्तुष्ट पार्न खोज्छन्। यो विकार प्रायः महिलामा देखापर्छ।

वसन्त (नाम परिर्वतन), २८ वर्षीय युवक हुन्। चार वर्ष पहिला २२ वर्षीय ऋतु (नाम परिर्वतन) सँग उनको विवाह भएको थियो। वसन्त-ऋतुले एकअर्कालाई खुब प्रेम गर्छन्। तर विवाह भएको चार वर्ष बितिसक्दा पनि उनीहरूबीच एक पटक पनि शारीरिक सम्पर्क भएको छैन। त्यसो त वसन्तले पटक-पटक यौन सम्बन्ध स्थापित गर्ने प्रयास नगरेका होइनन्। तर ऋतुको उदासीनताले सम्भव भएन।
 
ऋतुको यौनप्रति कुनै इच्छा र आकर्षण छैन। उनी यौनक्रिया बिना, वसन्तसँग घुमेर, हाँसखेल गरेर वैवाहिक सम्बन्धलाई प्रगाढ बनाउन चाहन्छिन्। केही महिना पहिलाको कुरा एक पटक वसन्तको निकै करले गर्दा शारीरिक सम्पर्कको प्रयास त भयो त ऋतुका कारण यौनकार्य सम्भव भएन।
 
समयसँगै ऋतुप्रति वसन्तको आकर्षण पनि घट्दै गयो। आफ्नो कार्यमा अति व्यस्त वसन्तले हस्तमैथुन गर्न थाल्यो। वसन्तको यस्तो व्यवहारले ऋतुलाई निकै खिन्न बनायो। त्यसो त ऋतुलाई पनि सन्तानको निकै इच्छा थियो।
 
एक दिन दुवै मनोचिकित्सकहाँ गए। मनोवैज्ञानिक परीक्षणबाट ऋतु बाल्यकालमा एक छिमेकीबाट यौन शोषणमा परेको भेटियो। त्यसैले उनलाई यौनक्रियाले आतंकित पार्दथ्यो। 
 
चिकित्सा सत्रको कपलथेरापीबाट ऋतुको समस्या ठीक भयो। उनले विस्तारै वसन्तलाई सहयोग गर्न थालिन्। एक वर्षपछि वसन्त ऋतु एक सन्तानका बाआमा भए। परिवारमा पुनः खुसी फर्कियो।
 
यौनइच्छा विकारको कारण
 
खराब स्वास्थ्य, भागदौडको तनावपूर्ण जीवन, चिन्ता, डिप्रेसनजस्ता मानसिक रोगका कारण पनि मानिसको यौन इच्छामा कमी आउँछ। यसैगरी यौनप्रतिको दृष्टिकोण, यौन अन्तद्र्वन्द्व, पतिपत्नी एकअर्कोलाई आकर्षण नलाग्नु, यौन क्रियामा पीडा तथा गर्भावस्थामा पनि यौन इच्छामा कमी आउन सक्दछ। प्रमुख कारण मानसिक तनाव नै हो।
 
यौनइच्छा विकारको उपचार
 
यौन इच्छाको कमीलाई ठीक गर्न सबैभन्दा पहिला यसको कारण थाहा पाउनुपर्छ। सोहीअनुसार उपचार गर्नुपर्छ। डिप्रेसन तथा तनावका कारण यौन इच्छामा कमी आएको हो भने त्यो ठीक भएसँगै यौन इच्छा पनि समान्य हुन्छ।
 
प्रायः यौन इच्छाको कमीको पछाडि मनोवैज्ञानिक कारणहरू हुने गर्छन। यस समस्याको समाधानमा पतिपत्नीको भूमिका पनि महत्वपूर्ण हुन्छ। मनोपरामर्श तथा यौन शिक्षाले पनि यस समस्यालाई समाधान गर्नमा अह्म भूमिका खेल्न सक्छ। औषधिद्वारा यौन इच्छा बढाउने प्रयास भइरहेको भए पनि यसले खासै उपलब्धि हासिल गर्न सकेको छैन। 
(लेखक मनोविद् हुन्।)

No comments :

Post a Comment