13 December 2015

हात्ति स्कुल छिरेपछी.......

 २७ मङ्सिर‍, सप्तरी- कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको एक हात्तीले सप्तरीको जोगिनियाँ गाविसमा रहेको एउटा बोर्डिङ स्कुलमा शनिबार तोडफोड गरेको छ ।
एकाक्सि कोसी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीले जोगिनियाँ गाविस– ९ (हाल हनुमाननगर जोगनिमाई नगरपालिका– १) सकरदहीमा रहेको शेखर बोर्डिङ स्कुलमा तोडफोड गरेको स्थानीयवासी लाल माझीले बताउनुभयो ।
स्कुलको भित्तामा हात्तीले आक्रमण गर्दा स्कुलमा क्षति पुगेको बताइएको छ । साथै गाउँमा एक्कासि हात्ती पसेको देखेपछि स्थानीयवासी त्रसित भएका थिए । गाउँ पसेको हात्तीलाई स्थानीयवासीले लखेटेका थिए । रासस

No comments :

Post a Comment