04 December 2015

धुर्मुसले रोके इमाअोबादी बैठक

Maoist-building४ नोभेम्बर २०१५, काठमाण्डौ- सीताराम कट्टेल धुर्मुस लगायतका कलाकारको अभिनय रहेको चलचित्र हेर्न निम्तो आएको भन्दै एमाओवादी अध्यक्ष प्रचण्डले शुक्रबार केन्द्रीय समितिको बैठक वीचैमा स्थगन गरेका छन् ।
दीपकराज गिरीले बनाएको ‘छ एकान छ’ चलचित्र हेर्न प्रचण्ड बैठक रोकेर बीग सिनेमातर्फ लागेका छन् । शुक्रबार प्रचण्डलगायतका अन्य नेताहरु पनि ‘छ एकान छ’ हेर्न हलमा पुगेका छन् ।
उर्मिलाले भनिन्- एमालेमा झिँगा मारेर बसेकी थिइँन

यसैवीच एमालेबाट एमाओवादीमा प्रवेश गरेकी नेतृ उर्मिला अर्यालले पार्टीभित्र आफू र आफूजस्तै एमालेबाट आएका नेताहरुप्रति राम्रो व्यवहार नहुने गरेको गुनासो पोखेकी छिन् ।
शुक्रबारको बैठकमा प्रचण्डको प्रतिवेदनमाथि टिप्पणी गर्ने क्रममा नेतृ अर्यालले एमालेमा हुँदा झाँगा मारेर नबसेको तर यो पार्टीमा आउँदा व्यवहार अर्कै हुने गरेको गुनासो पोखिन् ।
शुक्रबार बैठकमा बोल्दै कृषिमन्त्री हरिबोल गजुरेलले मोहन वैद्य पार्टीबाट हट्दा संविधान बनेको र अब बाबुराम भट्टराई अटेपछि पार्टी राम्रो बन्ने बताएका थिए ।
बैठकमा अर्का वक्ता राम कार्कीले भने बाबुरामको आलोचना गरिरहँदा अनावश्यक टिप्पणी गर्न नहुने स्पष्ट पारे । बाबुरामको आलोचना वा विरोध गर्दा भोलि यहीँ आएर उभिएका बेला आँखा जुधाउन सकिने ठाउँ राखेर मात्रै आलोचना गरिनुपर्ने कार्कीले बताए ।
शुक्रबारको बैठकमा वनमन्त्रीसमेत रहेका अग्नि सापकोटा, जनार्दनशर्मा प्रभाकर, डिलाराम आचार्य र चन्द्रदेव खनाल वलदेवले पनि प्रचण्डको प्रतिवेदनमाथि टिप्पणी गरेका थिए ।
बैठक चल्दाचल्दै प्रचण्डले धुर्मुसको फिल्म हेर्न जानै पर्ने भयो, के गरौं भनेपछि नेताहरुले बैठक स्थगन गर्न सुझाव दिएका थिए ।
छ एकान छ हेरिसकेपछि ५ बजे प्रचण्ड बादुवाटारमा मधेसी मोर्चासँगको वार्तामा सहभागी हुने कार्यक्रम छ ।
चार दिनदेखि चलिरहेको एमाओवादी बैठकमा सदस्यहरु प्रचण्डको प्रतिवेदनमाथि टिप्पणी गर्ने क्रम शनिबार फेरि बस्ने बताइएको छ ।

No comments :

Post a Comment