27 November 2015

इटहरी उपेन्द्र र राजेन्द्र निषेधीत क्षेत्र धोषित, मोर्चाको मञ्च खरानी बनाए युवाहरुले


२७ नोभेम्बर २०१५, इटहरी- इटहरीको पश्चिम लाईनमा मोर्चाको कार्यक्रम स्थलमा मञ्च तयार गरिसकेपछि नेपालमा नाकाबन्दी र व्यक्ति हत्याको प्रयास गरेर मोर्चाले नेपालीलाई दुःख दिएकाले उनीहरुलाई इटहरीमा कुनै पनि कार्यक्रम गर्न नदिने उद्घोष गर्दै युवा, विद्यार्थीहरुले मोर्चाको मञ्च तोडफोड गरेका हुन्। 
तोडफोड पश्चात इटहरी तनावग्रस्त बनेको छ। तोडफोडपछि प्रहरीले इटहरीको चोकचोकमा सुरक्षा व्‍यवस्था कडा बनाएको छ। मधेसी मोर्चामा आवद्ध कार्यकर्ताहरुले मञ्च तयार गरेर कुर्सी मिलाउने क्रममा कार्यक्रम स्थल प्रवेश गरेका स्थानीयले मोर्चाको मञ्चमा पेट्रोल छर्किएर आगो लगाएका छन्।



भारतको इसारामा मधेस आन्दोलन चलाएर आम नेपालीलाई दुःख दिएपछि मोर्चाको कार्यक्रम बिथोलेको इटहरीका युवा अरुण गुरुङले बताए। मोर्चाको कार्यक्रम स्थानियवासिन्दाको तर्फबाट गरेको भनिएपनी मञ्च विथोल्नेमा अधिकांस काग्रेस, एमाले र एमाओवादीका कार्यकर्ताहरु सहभागि भएका थिए। 
नेपालको राष्ट्रिय अस्मितामाथि धावा बोलेर भारतको पक्षमा वकालत गरेको भन्दै स्थानीयले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना अध्यक्ष राजेन्द्र महतोलाई इटहरी प्रवेशमा रोक लगाएको घोषणा गरेका छन्। 
- See more at: http://www.annapurnapost.com/News.aspx/story/22383#sthash.tlU4OCNa.B1SamXxX.dpuf

No comments :

Post a Comment