29 November 2015

भेटियो ११० जनाको सामुहीक चीहान


Image result for group cemetery found in iraq२९ नोभेम्बर २०१५, एजेन्सी- इराकको उत्तरी क्षेत्रमा अल्पसंख्यक यजिदी समुदायका मानिसको सामुहिक चिहान फेला परेको छ। 

चिहानमा कम्तिमा एक सय १० जना यजिदी समुदायका मानिसको कंकाल रहेको सरकारी अधिकारीले बताएका छन्। बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको नियन्त्रणमा रहेको सिन्जार शहर नजिकै सामुहिक चिहान भेटिएको हो। सिन्जार शहरमा आइएसले यो महिनाको सुरुमा फेरि नियन्त्रण कायम गरेको थियो।

आइएसले गएको वर्षको अगस्टमा सिन्जारमा पहिलो पटक आफ्नो नियन्त्रण कायम गर्नेबेला धेरै सर्वधारण नागरिकको हत्या गरेको तथा यदिजी समुदायका महिला तथा किशोरीमाथि बलात्कार गरेको घटना सार्वजनिक भएको थियो। अहिले फेला परेको चिहान तथा कंकाल त्यही बेला आइएसले हत्या गरेका यदिजी समुदायका मानिसको रहेको अधिकारीले बताएका छन्। 

सिन्जार शहर भित्र र त्यसआसपासमा गरी अहिलेसम्म ६ वटा सामुहिक चिहान फेला परेका छन्। अझै यस्ता चिहान हुन सक्ने आशंका गरिएको छ। दुई हप्ता अघि सिन्जार नजिक ८० जना महिलाको सामुहिक चिहान फेला परेको थियो। 

No comments :

Post a Comment