25 November 2015

बेलायतले गर्यो आफ्नो बचाउ, भारत एक्लिने संकेत

२५ नोभेम्बर २०१५, काठमाण्डौ- बेलायतले नेपालको पछिल्लो अवस्थाबारे चासो व्यक्त गर्दै आफूहरु नेपाली साथमा रहेको उल्लेख गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणको क्रममा भएको संयुक्त वक्तव्यमा नेपाल प्रसंग आलोचित भएपछि बेलायतले आफ्नो गलत कदमको बचाउ गर्दै सरकारसँग सम्पर्कमा आएको हो ।

बेलायतले नेपालको सीमानामा भएको अवरोधबारे जानकारी लिँदै समस्या समाधानमा सघाउने प्रतिवद्धता व्यक्त समेत गरेको थियो । बेलायतको उक्त संयुक्त वक्तव्यमा नेपालको प्रसंगबारे परराष्ट्रमन्त्रालयले असन्तुष्टि व्यक्त समेत गरेको थियो । जसको नकारात्मक असर बेलायतको अन्तर्राष्ट्रिय कूटनीतिमा समेत परेपछि त्यस लगत्तै उपप्रधानमन्त्री कमल थापासँग टेलिफोन वार्ता भएको हो ।
बेलायतका विदेश राज्य मन्त्री ह्यूगो स्वायरले उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालाई टेलिफोन गरी नेपाल–भारत सीमामा भएको अवरोधबारे जिज्ञासा राखेका हुन् । परराष्ट्र अधिकारीहरुका अनुसार उनले आफ्नो मुलुकले नेपालको आन्तरिक मामिलामा नभै समग्र चासोको विषयमा यस क्षेत्रको शान्तिको लागि यस्तो छलफल गरेको भन्दै संयुक्त विज्ञप्तिको बचाउ गरेको थियो ।  
काठमाडौंस्थित बेलायती दूतावासले छलफल भएको एक सातापछि बुधबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'उपप्रधानमन्त्रीसँग सकारात्मक तथा उपलब्धिमूलक टेलिफोन वार्ता भएको छ । बेलायती मन्त्रीले सीमामा भएको अवरोधले नेपालमा मानवीय सहायताको वितरणमा परेको प्रभावबारे चिन्ता व्यक्त भएको छ । भूकम्पपछिको पुनर्निर्माणमा आवश्यक पहलकदमी नेपाल सरकारले गर्न पर्नेमा समेत नेपाल सरकारलाई आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘जाडो सुरु भएको अवस्थामा यदि तत्कालै समस्या समाधान नभए दोस्रो मानवीय संकट उत्पन्न हुन सक्छ,’ स्वायरको भनाई उद्वृत गर्दै दूतावासको विज्ञप्तिमा उल्लेख छ । नेपाली जनताका प्रति निरन्तर सहयोग र मित्रता जारी राख्ने विषयमा स्वायरले उपप्रधानमन्त्री थापालाई आश्वस्त बनाएका थिए । यद्यपी बेलायतले नेपालको विषयमा भारतको धारणामा साथ दिएको दुई दिनपछि यस्तो छलफल भएको हो । छलफल भएपनि बेलायतको नेपाल हेराई लगातार बाहिर आउन थालेपछि उसले आफूलाई बचाउका लागि यो विज्ञप्ती जारी गरेको परराष्ट्र अधिकारीले बताए ।
नेपालको राजनीतिक समस्या नेपाल आफैंले समाधान गर्न सक्षम रहेको र नेपालले नै गर्ने पनि बेलायतले प्रष्ट पार्न खोजेको छ । नेपाली जनताको आवश्यकता परिपूर्ति हुनेगरी सहमतिको विन्दु पहिल्याउनका लागि शान्तिपूर्ण वार्ता र समझदारी निरन्तर कायम होस भन्नेमा बेलायत आशावादी रहेको समेत उसको विज्ञप्तिमा छ । बेलयात नेपालको विषयमा जानकार रहँदारहँदै पनि भारतीयसँग नेपालको प्रसंगमा रहनुलाई नेपालीले निकै असहजता मान्दै आएको छ ।




No comments :

Post a Comment