10 October 2015

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा गगन थापाले राखेको धारणा

गगन थापा तीन दलका प्रमुख नेताहरुकि बिचमा भद्र सहमति भएको हो भन्ने समाचार बाहिर आइरहेको सम्बन्धमा म आजको बैठकमा जसको मनमा जे इच्छा भएतापनि पार्टी सभापतिले गर्नु भएको सहमति अनुसार नै नेपाली कांग्रेसले निर्णय गर्नुपर्छ भन्ने मतलाई समर्थन गर्छु भनेर आएको थिएँ। तर अब सभापति स्वयंले त्यस्तो कुनै सहमति भएको छैन भनेपछि अलमलमा परेको छु। 
सरकारकोलागि सरकार होइन निकासकोलागि सरकार हुनुपर्छ।
त्यस्तोमा हामी सरकार बाहिर बसेर भएपनि राष्ट्रलाई संकटबाट निस्कन हामीले भुमिका निर्वाह गर्नुपर्छ।

हाम्रो अगाडी राष्ट्रिय संकट छ | आफ्नो निर्णय आफै गर्न पाउने अधिकारको प्रश्न नाकाबन्दीले उब्जाएको तात्कालिक र दिर्घकालिन प्रश्नहरु, मधेशको आन्दोलन, विभिन्न समुदायहरु बीचको सदभाव, संविधानको कार्यान्वयनको प्रश्न छ | अर्को तर्फ पार्टीको अगाडिको छुट्टै संकट छ, मधेशमा मधेश बिरोधि, पहाडमा पहाड बिरोधी र शहरमा देश बिरोधि भन्ने आरोप लागिरहेको छ |
यो पृष्ठभूमिमा हामी सरकार गठनका बारेमा छलफल गरिरहेका छौँ | हामीले के गर्दा राष्ट्रको अधिकतम हित हुन्छ, नेपालले आज व्यहोरेको संकटलाई हल गर्न मद्धत पुग्छ, त्यहि निर्णय गर्नुपर्छ |

यो सन्धर्बमा दुइवटा धारणा आएको छ |
पहिलो, हाम्रो नेतृत्वमा सरकार गठनको लागि पहल गर्ने, बहुसंख्यक साथीहरुको यहि धारणा रहेको देखियो, अनि मुख्य नेताको पनि यहि चाहना रहेको देखियो | तर नेताहरुलाई मेरो प्रश्न छ यदि नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बनाउने उपयुक्त हुन्छ भन्ने मुख्य नेतृत्वलाई लागेको थियो भने यत्रो दिनसम्म के हेरेर बसिरहेको? के हामी कसैको संकेत कुरिरहेका थियौँ? कुनै अमुक शक्तिले अन्य दलहरु संग कुरा मिलाएर बहुमत पुर्याईदिन्छन् भनेर हामी कुरिरहेका थियौँ?
एउटा कुरामा प्रस्ट हुनुपर्छ, कुनै अदृश्य/दृश्य शक्तिको सहयोग र संकेतमा समर्थन लिएर सरकार बनाउनु हाम्रो राजनीतिमा सुक्ष्म ब्यबस्थापनको लागि ठाउँ दिनु हो, जसको मूल्य नेपालले अहिले चुकाइरहेको छ | यस्तो गलती अब निरन्तर नगरौं | हाम्रो देशमा जे हुन्छ, हाम्रै निर्णयमा हुनुपर्छ, हाम्रो पार्टीले जे निर्णय गर्छ, हाम्रै ताकतमा निरभर रहेर गर्नुपर्छ | अतः हामी आजको बैठकबाट, हामीले गर्न चाहेको काम को सुची, हाम्रो प्रस्ताव तयार गरौँ |
राष्ट्रिय अस्मिता जोगाउने, नेपालले व्यहोरिरहेको नाकाबन्दी, मधेश आन्दोलन, संबिधान संसोधन र कार्यान्वयन लगायतको बिषयमा हाम्रो प्रस्ताव तयार गरौँ | यो प्रस्तावमा टेकेर अन्य दलहरुसंग छलफल गरौँ | ठिक छ, हाम्रो समर्थन मा दलहरु आए, हामीले भनेको जस्तो बाटोमा देश हिड्ने र हाम्रो नेत्रित्वमा सरकार बन्ने, संविधान संसोधन लगायतको बिषयमा पनि अगाडी बढ्न सक्ने अवस्था भयो भने, त्यही बाटो बाट अगाडी बढौंला | हाम्रो नेतृत्वमा सरकार बन्ने अवस्था आउदापनि प्रम कोइरालाले फेरी प्रधानमन्त्री बन्ने कुरा भने कदाचित हुनु हुन्न | म यहाँ शंका गर्न चाहन्न किनकि प्रमले सार्वजनिक रुपमा पटक पटक फेरी प्रम बन्दिन भन्नु भएको छ |
हाम्रो पक्षमा समर्थन जुटेन भने दोस्रो विकल्प छ, एमालेको नेतृत्वमा सरकार|
तर एमालेको नेतृत्वमा सरकार किन त ? किन हामीले एमालेलाई समर्थन गर्ने ? दलहरु बिचको एकता जस्तो अमुर्त कुरा गरेर हुदैन? त्यो एकताको उद्धेश्य के? हो, नेका को कार्यसूची (प्रस्ताव) लाई एमालेले स्वीकार्छ, घर भित्रको आन्दोलन, संविधान संसोधन, राष्ट्रिय अस्मिता जोगाउने बिषय, नाकाबन्दीको तात्कालिक र दिर्घकालिन बिषयमा कुरा मिल्छ भने, एमालेको नेतृत्वमा बन्ने सरकारलाई हामी समर्थन गरौँ | तर यसरि बनेको सरकारमा नेका बस्न भने हुदैन | हामीले बाहिर बसेर यो सरकारलाई सहयोग गर्नुपर्छ |

तर हाम्रो प्रस्तावनै उसलाई स्वीकार्य हुदैन भने स्वभाभिक छ त्यो अवस्थामा हामीले अर्को विकल्प खोज्नु पर्ने हुन्छ र त्यो विकल्प भनेको एमाओवादीको नेतृत्वको सरकार हुनसक्छ | यस्तो अवस्थामा एमाओवादीले हाम्रो प्रस्ताव मान्छ र देशले स्वाभिमान कायम राख्दै निकास पाउने अवस्था रहन्छ भने किन एमाओवादीको नेतृत्वमा सरकार नबनाउने ?
आखिर हामीले खोजेको सरकारमा सहभागिता, त्यसको नेतृत्व हो कि हामीले खोजेको संकटबाट निकास हो ? संकटबाट निकासको लागि, जे उपयुक्त हुन्छ त्यहि निर्णय गरौँ | हामीले आज सुझबुझका साथ निर्णय गर्न सक्यौँ भने, व्यक्तिगत लोभ बाट मुक्त भएर निर्णय गर्न सक्यौँ भने देशको भलो त हुन्छ नै, नेपाली कांग्रेसको बारेमा लगाइएका अनेकन आरोपहरुलाई मिथ्या सावित गर्ने अवसर पनि हुन्छ |

No comments :

Post a Comment