आठको घट्नास्थलमा र एकको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । दुई समुहबीचको गोलीबारीले उक्त क्षेत्र लगभग युद्ध मैदानमा परिणत भएको प्रत्यक्षदर्शीहरुले बताए । त्यहाँ ३० बन्दुकबाट सयौं राउण्ड गोली प्रहार भएको दाबी गरिएको छ । घटनास्थलमा सशस्त्र प्रहरी नआइपुग्दासम्म उक्त क्षेत्रमा रहेका रेष्टुरेन्ट व्यवसायी र ग्राहकहरु भित्रै लुकेर बसेका थिए । उनीहरुलाई पछि स्कर्टिंग गरेर निकालिएको थियो ।
पार्किङ क्षेत्रमा भएको यो घटनामा ५ समूह संलग्न रहेका थिए । मुक्काबाट सुरु भएको यो भिडन्त चेन, लाठी, छुरा हुँदै बन्दुकसम्म पुगेको थियो । त्यो क्षेत्रमा ३४ वर्षको अवधिमा भएको सबैभन्दा ठूलो आतंकपूर्ण घटना मानिएको छ ।
No comments :
Post a Comment