13 May 2015

निरन्तर आइरहेको भुकम्पको धक्काका कारण सर्व-साधारणमा त्रास बढ्दै, पाैने १२ बजेसम्म ४ माथिका ६ धक्का

Image result for people worrying too much because of continuous earthquake in Nepal
३० बैसाख २०७२,  काठमाडौ–राष्ट्रिय भूकम्प मापन केन्द्रले बुधबार बिहान बाह्र बजेदेखि अाज  पौने बाह्र बजेसम्म चार रेक्टर स्केल माथिका छ वटा भूकम्प रेकर्ड गरेको छ। अहिले १२: ३४ मा  ४ दशमलव ६ र १२:३८ मा ५ दशमलव १ रेक्टरस्लेका दुई वटा भूकम्प भएका छन् । यी दुवै भूकम्पकाे केन्द्रविन्दु दाेलखामा थियाे ।

यी भुकम्पमध्ये बिहान ३:१० मा धादिङ केन्द्र विन्दु भएको सबैभन्दा ठूलो ५.९ रेक्टर स्केलको भुकम्प गएको थियो । यसैगरी काठमाडौ केन्द्र विन्दुको ४.२ रेक्टर स्केलको भूकम्प राती २ः०७ मा गएको थियो । यसले काठमाडौ हल्लाएको थियो । अहिलेसम्म काठमाडौ केन्द्र विन्दु भएका चार रेक्टर स्केल माथिका ९ वटा भूकम्प गइसकेका छन् ।

यसैगरी बिहान ४:३८ मा दोलखा केन्द्र विन्दुको ४.३ रेक्टर स्केलको, दोलखा केन्द्र विन्दुको बिहान ८:०८ बजे ४.४ रेक्टर स्केलको, बिहान ८:२८ बजे दोलखा केन्द्र विन्दुमा ४.४ रेक्टरको, दोलखा केन्द्र विन्दुमा पछिल्लो पटक १०ः३३ बजे ४.६ रेक्टर स्केलको भूकम्प गएको छ ।

केन्द्रले मंगलबार दिउँसो १२:५० यता चार रेक्टर स्केलका ३९ वटा भूकम्प रेकर्ड गरेको छ । यसमा ६ देखि ७ रेक्टर स्केलबीचका दुई वटा, ५ देखि ६ रेक्टर स्केलका १० वटा र ४ देखि ५ रेक्टर स्केलबीचका २७ वटा भूकम्प रेकर्ड गरेको छ ।

बैशाख १२ गते यता ४ रेक्टर स्केलका भूकम्प २०२ वटा गएको केन्द्रका भूकम्पविद मुकुन्द भट्टराईले जानकारी दिए । यी सबै भूकम्प गोरखा, रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलान्चोक र काठमाडौ केन्द्र विन्दुमा गएका छन ।

भूकम्पविद भट्टराईका अनुसार बैशाख १२ को भूकम्पले दोलखादेखि गोरखाबीचका चट्टानहरुका बनाएको धाँजाहरुमा पराकम्पनहरु आइरहेको जानकारी दिए । उनका अनुसार बारपाक केन्द्र विन्दु भएको पहिलो शक्तिसाली भूकम्पले चिरा पारेको चट्टानबाट पराकम्पनहरु निस्किरहेका छन् ।

१२ गतेको ७.६ रेक्टर स्केलको भूकम्प र त्यसपछिका पराकम्पनले गोरखादेखि दोलखाबीचको करिब १सय ३० किलोमिटर लम्बाई र करिब ३० किलोमिटर चौडाईबीचमा धक्का दिइरहेका छन् । गोरखा, नुवाकोट, रसुवा, धादिङ, काठमाडौ, काभ्रेपलान्चोक, सिन्धुपाल्चाक र दोलखाबीचमा पुराकम्पनहरु आइरहेका छन् । बारपाक भूकम्पपछि यी क्षेत्र भूकम्पका दृष्टिकोणले तत्काललाई संवेदनशील भएका छन् ।

भूकम्पवीदहरुका अनुसार पाँच रेक्टर स्केल भन्दा कमलाई साना, पाँचदेखि ६ रेक्टरबीचको लाई मध्यम, सातदेखि ८ रेक्टर स्केललाई शक्तिशाली र आठ रेक्टर स्केल भन्दा माथिका लाई महाभूकम्प भनिन्छ ।

युरोएसियन र इण्डियन प्लेटोबीचको घर्षणबाट उत्पन्न उर्जाले गर्दा भूकम्प गइरहेको छ । इण्डियत प्लेटाको गोरखादेखि दोलखाबीचका खण्डलाई भूकम्पविदहरुले संवेदनशिल क्षेत्र भनेका छन् । बिहीबारसम्म भूकम्पको संख्या हरेक दिन कम हुदै गएको थियो । तर शुक्रबार यसको संख्या अलि बढेको देखियो ।
- See more at: http://www.nagariknews.com/main-story/story/37958.html#sthash.GwrwYG2p.jmsU8u5W.dpuf

No comments :

Post a Comment