20 May 2015

जनताको हिरासतमा सभासद्

ताप्लेजुङ : आगलागी भएर ताप्लेजुङ सदरमुकामको प्रमुख व्यपारिक केन्द्र तोक्मेबजार ध्वस्त भएको दुई महिना लाग्दा पनि क्षतिपूर्ति तथा अस्थायी पुनर्वासका लागि कतैबाट पहल नभएको भन्दै जनताले सभासद्लाई थुनेका छन् । 
 
जिल्ला विकास समितिको सभाहलमा आयोजित सर्वपक्षीय भेलामा सहभागी भएका सभासद्लाई अग्नीपीडितलाई हलभित्रै थुनेर नाराबाजी गरेका हुन् । ताप्लेजुङका सभासदद्धय डम्वरध्वज तुम्हाम्फे र भुपेन्द्र थेवेसहित विभिन्न दलका नेताहरुलाई ढोका थुनेर पुनवासको निकास दिन अग्नीपीडितले दबाब दिएका हुन् । समस्या समाधानमा पहल गर्ने आश्वासन दिएपछि अग्नीपीडितले आधा घन्टापछि ढोका खुलेका थिए। 
 
पुनर्बासको माग गर्दै उनीहरुले सभासद् सहित प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौला, विभिन्न कार्यालयका कार्यालय प्रमुख र जिल्लाका राजनितिक दलका प्रतिनिधि एवं प्रमुखहरुलाई नगरपालिकाको मापदन्ड अनुसार घर बनाउन पाउनुपर्ने माग गर्दै छलफलस्थलमै वाहिरवाट ढोका लगाइदिएका हुन् ।
 
अग्नीपिडितको स्थायी पुनर्वासका लागि पटक पटक बसेका छलफलहरु विना निष्कर्ष टुङगिने गरेको र मंगलवार सभासदको उपस्थितिमा राखिएको छलफल पनि यसरी नै टुंगिएपछि उनीहरु जनप्रतिनिधीप्रति आका्रेशित बनेका थिए । जहिले जहिले प्रकृया अघि बढिरहेको कुरा गरेर अग्नीपिडितलाई झुलाउने काम भएको भन्दै उनहरुले छलफलस्थलमै नाराबाजी पनि गरेका थिए । 
 
आगलागीका विषयमा छलफल गर्न ताप्लेजुङ नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नगरपालिकाको मापदण्डअनुसार भोलिदेखि नै घर बनाउन पाउनुपर्ने पीडितको माग छ । उक्त क्षेत्र मेची राजमार्गअन्तर्गत पर्ने भएकाले नगरपालिकाले पनि नक्सा पास तथा घर बनाउन अस्वीकार गरेको छ ।
 
मेचीराजमार्गलाई १५ /१५ मिटर बनाउने सडकको यसअघिको निर्णयलाई परिवर्तन गरी वैकल्पिक वाटोको व्यवस्था गरेर अग्नीपिडितलाई आफ्नो जग्गामा घर वनाउन दिनु पर्ने अग्नीपिडितको माग छ । मेचीराजमार्गलाई १५ ÷१५ मिटर कायम गराउदा कतिपय अग्नीपिडितहरु सुकुम्वासी हुने भएकोले घोडेचौर देखि सुकेटार निस्कने बैकल्पिक सडकका विषयमा यस अघि देखी नै छलफल हुदैं आएको थियो ।
 
वैकल्पिक सडकको कुरा माथिल्लो तहसम्म पुर्याउदै अग्नीपिडितले सम्वन्धित मन्त्रालय मात्र नभई प्रधानमन्त्रीलाई समेत भेटेर अग्नीपीडितको पुनर्वासका लागि माग गरे पनि हाल सम्म यसको सुनुवाई हुन सकेको छैन । आगलागी भएको क्षेत्रमा अग्नीपिडितले हाल सम्म घर वनाएर वस्न र व्यवसाय संचालन गर्न पाएका छैनन् ।
  
२०७१ चैत ९ गते भएको आगलागीबाट ताप्लेजुङ तोक्मेवजारका ४४ घरमा क्षती पुग्नुको साथै ५० करोड भन्दा बढीको धनमाल जलेर नष्ट भएको थियो । आगलागीवाट अग्नी पीडित र १ सय १८ परिवार विस्थापित भएका थिए ।  

No comments :

Post a Comment