20 March 2015

एसिड आक्रमणकारी पक्राउ

बसन्तपुरमा ट्युसन पढिरहेकी किशोरी संगीता मगर र सीमा बस्नेतमाथि एसिड आक्रमण गर्ने युवकलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ।
महानगरीय आयुक्तको कार्यालय रानीपोखरीमा अहिले पत्रकार सम्मेलन गर्दै बिकलाई सार्वजनिक गरेको हो।प्रहरीले धेरै दिनको अनुसन्धान र खोजीपछि अन्ततः संगीताका परिवारजन डेरा गरी बस्ने घरमै डेरा लिएर बसेका युवकलार्इ समातेको हो।
मगर परिवारले बिकमाथि शंका गर्दै आएको थियो । प्रहरीले सिक्किम ग्यान्टोक(भारत) बाट बिकलाई पक्राउ गरी ल्याएको छ। रामेछाप जिल्ला फुलासी गिवस वार्ड नम्बर ८ घर भइ हाल काठमाडौं बसन्तपुरमा डेरा गरी बस्ने २० वर्षीय जीवन विक पक्राउ परेका हुन्।

No comments :

Post a Comment