काठमाडौं: शान्तिका प्रतिक बुद्धको करिब एक हजार वर्ष पुरानो मुर्तिले बुद्ध दर्शन र संस्कृतिको खोज गर्दै आएका अध्येतालाई अचम्मित बनाएको छ । ११ औं या १२ औं शताव्दीमा निर्माण
गरिएको सो बुद्धको मुर्तिलाई सिटी स्क्यान गरेर हेर्दा मानव अस्थिरपञ्जर भेटिपछि खोजकर्ता अचम्मित भएका हुन् ।
मुर्तिमा भेटिएको अस्थिपञ्जर ध्यानमा बसेका भिक्षुको भएको बौद्ध धर्म एवम् संस्कृति विशेषज्ञ एरिक ब्रुजनले बताएका छन् । सो अस्थिपञ्जर चाइनिज मेडिटेसन स्कुलका बौद्ध गुरु लिउक्वानको भएको उनले दाबी गरेका छन् ।
हंग्रेरीस्थित राष्ट्रिय प्राकृतिक इतिहास संग्राहलयले यो मुर्ति राखेको छ ।
हालै नेदरल्याण्डस्को मिन्डर मेडिकल सेन्टरमा गरिएको सिटी स्क्यानबाट सो बुद्धको मुर्ति मानव शरीरबाट बनेको रहस्य खुलेको थियो ।
No comments :
Post a Comment