28 January 2015

प्रचण्डको मोर्चामा पहिरो, ५ दल सत्तारुढ गठवन्धनसँग जोडिदै


काठमाडौं । संविधान लेखनका लागि संविधान सभामा प्रक्रिया सुरु भएपछि प्रक्रियाको विरोधमा लागेको एमाओवादी मोर्चामा खट्पट् सुरु भएको छ । एमाओवादी नेतृत्वको संघीय गणतान्त्रिक मोर्चाबाट आधा दर्जन बढी साना दल संविधान लेखन प्रक्रियामा सहभागी हुन सहमत भएका छन् ।

साना दलले ‘साझा मुद्दाका लागि संयुक्त मञ्च’ गठन गरी आन्दोलन छोडेर देशलाई निकास दिने भन्दै संविधान लेखनको प्रक्रियामा सहभागी हुने निर्णय गरेको मञ्चका संयोजक हरिचरण साहले जानकारी दिनुभयो ।
मोर्चामा नेपाली जनता दल, थरुहट तराई पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाः राष्ट्रिय पार्टी र खुम्बुवान राष्ट्रिय मोर्चा रहेका छन् । यी दलका ७ जना सभासद् छन् । मञ्चले मधेश समता पार्टी, दलित जनजाति पार्टी, संघीय थरुहट तराई मञ्चलाई पनि समेट्ने तयारी भईरहेको जनाएको छ ।
नेपाली जनता दल आजै विपक्षी मोर्चा छाडेर संविधान निर्माण पक्षमा समेटिएको हो । दलले सत्तारुढको पत्रकार सम्मेलनमा दल सहभाग भएको जानकारी दिइएको थियो।

No comments :

Post a Comment